सम्झनाका केहि शब्द तिमीलाई

जिन्दगी साच्चै एउटा यात्रा रहेछ ।
जहाँ हजारै साथी भेटिन्छन् ।।
तर, कोहि यति धेरै मनमा बस्छन् ।।
जसलाइ भुल्न गाहे हुन्छ ।

माया कसैले गर भनेर हुने र नगर भनेर नहुने पनि त होइन । मानिसहरु मलाइ कति कठोर भन्ने गर्छन ,तर म जहाँ कठोर बन्नु पर्छ मलाइ पगाल्न कुनै शब्दको भण्डार नै चाहिदैन्थ्यो मौनता नै काफि थियो , उसको हसिलो मुहार र लजालु हेराइ नै काफि थियो , सुनौलो यात्रा अनि तिनका ति नयन ओठको मुस्कान र मायालु हेराइ बिर्सन सकेको छैन मैले लाग्छ शायद तिमी म सगै छौ मलाइ हेरि मुस्कुराइरहेकै छौ । जिन्दगीमा कयौ यात्राहरु हुन्छन भनिन्छ यात्रा नै जिन्दगी हो । , तर कुनै यात्रा यस्तो हुन्छ जसलाइ चाहेर पनि भुलाउन सकिदैन, कुरा केहि दिन अगाडीको हो । यात्रा पोखराबाट काठमाडौको थियो, हामी दुइजना, दिदि र म ,बिहान ६ बजेको माइक्रो बसमा चढयौ , म भन्दा अगाडीको सिटमा मेरो नजर ठोक्किन पुग्यो , उसको निर्दोष नयनले मलाइ नियालीरहेको हुन्छ ,उसको त्यो रहर लाग्दो मुस्कान र झिम्किरहने परेलीले मलाइ एकहोरो हेरिरहेको हुन्छ , कुन्नि के थियो ? उसको त्यो मुहारमा मलाइ पनि हेरु हेरु लाग्छ, मेरो नजर पनि उसको हसिलो मुस्कानबाट हटेको थिएन , मलाइ एकहोरो हेर्ने त्यो नजरको भाषा शायद उसका अभिभावकले बुझेको हुनुपर्छ ।

घरि घरिे अभिभावकले उसलाइ आफ्नो साइड फर्काउने खोज्थे उ मान्दैन्थ्यो । ति निर्दोष नयन,रहर लाग्दा ओठमा खुलेको मुस्कान र झिम्किरहने परेलीहरु एकहोरो मलाइ हेरिरहन्थे । पटक पटक मेरो नजर उ संग ठोक्किरहेको थियो । अरु मानिसले वा उसको अभिभावकले के भन्लान् भन्ने लाग्थ्यो र म आफ्नो आखाँ बाहिर तिर डुलाउथे काठमाडौको यात्रा बाहिर नियाल्दा बाहिरको मन मोहक दृष्य घामका किरण हरु धानको पहेलीएर लहलह भएको धान काट्न शुरु भै सकेको हुन्छ । केहि समय बाहिरको दृष्यबाट आँखा हटाएर भित्र नजर पर्छ फेरि नि उसले मलाइ नै हेरिरहेको हुन्छ । म पनि उसलाइ हेरेर हासी दिन्थे परेली पनि नझिम्काइकन हेर्ने त्यो नजरले मलाइ पनि उ प्रतिको माया लागेको महशुस हुन्थ्यो , कति बेला दिदि र म आफ्नै गफमा गफियका हुन्थ्यौ , दिदिले पनि उसले मलाइ एकहोरो हेरेको चाल पाएर होला ? के हो तिमीलाइ त निकै हेरेको छ त ? दिदिको त्यो प्रश्नमा मैले भने होतनी है ? मलाइ हेर्ने उसको त्यो नजरको म बानी परिसकेको थिए ।

माया पनि असाध्यै लागेर होला मैले आँखाको इशाराले बोलाउथे , जव म बोलाउथे लाजले भुतुक्कै भएर अभिभावक तिर मुख फेर्ने गर्दथ्यो । यसै गरि उ म संग र म उ संग रमाएका थियौ शायद उसलाइ निद्राले भुतुक्कै पारेर होला अभिभावकको आडमा निदाउन पुग्छ , मलाइ पनि आँखालाइ बिश्राम दिन मन लाग्यो , गाडी आफ्नै गतिमा अगाडी बढिरहेको थियो । कतिबेला म पनि झकाउन पुगेछु , एक्कासी चर्को आवाजले झस्कायो आँखा खुल्यो , गाडीमा सवार एकजना यात्रु र गाडीको कन्टेक्टर कराउदै थिए कुरा के रहेछ ? हामीले बुझन्े कोशिश गरयौ , आखिर कुरा के हुनु उहि त होनी, यात्रु र स्टाप बिच गाडीभाडाको कुरा , उसले बढी भाडा मागेको आरोप लगाउदै एकजना यात्रु दाइ कराउदै थिए , एकैछिन दुइ जनाको कुरा सुन्यौ, दुवै जनाको सारै चर्काचर्की भएपछि मैले भने ,ए भाइ भाडादर कति हो तेति मात्रै लिगन बढि किन माग्छौ ? उसले यहि नै हो भाडा रेट भन्दै थियो , यतिकैमा एक जना दिदिले हाम्रो पनि बढि लिएको छ भन्दै पोखरा देखि काठमाडौ को भाडा रेट बताउनु भयो , हामीसंग पनि बढि भाडा असुलेको प्रष्ट भएपछि हामी पनि जति लाग्ने को लिने र अरु फिर्ता गर्न भन्यौ, तर उ दिने पक्षमा छैन ।

हामीलाइ अलिकति कडा प्रस्तुत हुन बाध्य बनायो , हामीले भन्यौ हेर भाइ, बढि लिएको भाडा फिर्ता दिने भए देउ, होइन भने, हामी टा«फिक र पृथ्वीराज मार्ग बस संचालक समितिमा भरखरै फोन गछौ , त्यो गाडी पृथ्वीकै थियो भन्ने थाहा थियो , यति भनिसके पछि शायद डराएर होला उसले भाडा फिर्ता दियो , दिदिले म तिर फर्केर हास्दै भन्नु भयो, यतिबेला सम्म हामी अरुको वकालत गर्दै थियौ आफु पनि त ठगिएका रहेछौ त ? दिदि र म एक अर्कालाइ हेरेर हास्यौ, मैले भने ,होतनी है ? गर्व पनि लाग्यो आफु लगायत अन्य यात्रुको बढि तिरेको भाडा फिर्ता गराउन पाउदा ,एकैछिन दुइ जनाको निकै हाँसो चल्यो, यतिकैमा मेरा आँखा उसको आँखासंग ठोकिन पुग्छ मलाइ नै हेरिरहेको हुन्छ ।

शायद हाम्रो चर्को चर्को बोलिले ब्युझाएको हुनुपर्छ , म पनि उसलाइ हेरेर मुसुक्कै हाँस्न बाध्य हुन्छु , केहि समय यसरी नै हेराहेरमा बित्छ एकै छिनमा हामी थानकोटमा पुग्छौ थानकोट देखि कलंकी सम्मको जाम उसले मलाइ र मैले् उसलाइ नै नियालेका हुन्छौ । मेरो त्यो यात्रा उसलाइ हेर्नु र सिसाबाट बाहिर देखिने काठमाडौको धुलो र जाम लाइ छिचोल्दै अब ओर्लने बेला आउछ म उसको अभिभावक संग उसको बारेमा सोध्न मन लाग्छ अनि उसको उमेर र नाम सोध्न पुग्छु , आउ भनेर इशारा गर्छु , तर उ हाँसेर अर्को साइड फर्किन्छ । उसका अभिभावकले पनि म संग बोलोस् भन्ने चाहन्छन,् उ मान्दैन् केवल हेरि मात्रै रहन्छ् हाँसी मात्रै रहन्छ् ।

गाडीबाट झरेर हामी आ आफ्नो गनतब्य तिर लाग्छौ , तिन दिनमा काम सकेर हामी फर्कयौ । डेढ वर्षिय त्यो बालक आज पनि मेरो यादमा छ म उसलाइ सम्झीरहन्छु, जीन्दगीमा थुप्रै यात्राहरु गरियो, त्यो बालक मेरो मनमा यसरी बस्यो कि ,जब कुनै बालक देख्छु ,त्यो यात्रा अनि फुल जस्तो बालक प्राञ्जलको याद आउछ । उसले यात्रामा देखाएका नटखट ब्यवहार तोते बोली याद आउछ । एउटा आमाले आफुले जन्माएको बच्चाको कति माया हुन्छ तेस्तै अनुभव गरायो उसले मलाइ । यस्तो लाग्यो कि पुर्व जन्मको कुनै नाता छ उसको र मेरो शायद उसले मलाई आमा भनेर बोलाउन चाहान्छ । , उसको लजालु आखाँ मलाइ हेरेर मुस्कुराउने ओठ यादमा सिमित भए । केवल सम्झना मात्रै रह्यो । त्यो जहाँ छ सकुशल रहोस् उसको हरेक पाइलाले सफलता चुम्न सफल होस् भबिश्यमा असल मान्छे ् बनोस् मेरो शुभकामना छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     10:43:18 AM

Tara Chapagain

See all posts by