मेरा काला दारी
सेता भएका छन
मेरा छोराका कलिला
गालामा दारी ऊम्रिए
मेरी स्वास्नी का गालाभरि
धर्का हरू भरिए
छोरीको शरिर मा
नया चिन्हहरु देखिए
आमा अझै बुढी
देखिएकी छन
कति मान्छेहरु
जिन्दगी लाई छोडेर अन्तै गए
नया हरु जिबन लिएर आए।
पोहर भन्दा अहिले
सबैथोक फरक छ
अर्को बर्ष अझै अर्कै हुनेछ
यसरीनै समयले अठ्यादै जानेछ
र निर्वस्त्र र निरिह पार्ने छ एक दिन
खै किन हो हामी भने
यहि बलवान समयको चक्रिय
खुट्किलो लाई
नया बर्ष भनेर खुशी
र उमङ्गका बत्ती हरु बालिरहन्छौ।।।
ध्रुव थापा
टेक्सास अमेरिका ।