अवलोकन भ्रमण सगै सरसफाई

पोखरा, ९ पुष ।

पोखरा लेखनाथ महानगर पालिका वडा ६ बैदाम स्थित शिुश ुस्यहार सेवा केन्द्रको आयोजनामा आन्तरकि पर्यटनलाई प्रवद्ध गर्ने उद्देश्यले माछापुच्छ्रे गाउँ पालिका स्थित ल्वाङ गाउँमा एक दिने होम स्टे कार्यक्रम सम्मपन्न भएको छ । सेवा केन्द्रका कार्यसमिति सदस्य सहित सल्लाहकारहरुको उपस्थित रहेको थियो । भ्रमण कार्यक्रममा स्थानिय होम स्टेका संचालक सहित स्थानिय पर्यटन ब्यवसायीहरु सँग पर्यटन सभ्भावना र चुनौतिका बारेमा छलफल भएको सेवा केन्द्रका अध्यक्ष सूर्यनाथ पहारीले जानकारी दिएका छन ।

कार्यक्रममा ल्वाङ गाउँमा रहेको चिया बगानको अवलोकनको अवसरमा बगानमा रहेका पलास्टिक, पानिका बोतल र चाउचाउका खोलहरु सहित यत्रछत्र छहरिएका फोहोरहरु लाई संकलित गरि करिब २ बोरा फोहोर लाई अध्यक्ष सूर्यनाथ पहारी, नागरिक समाज पोखराका सदस्य बिष्णुहरी अधिकारी र सल्लाहकार नारायण बहादुर लामिछानेले माछापुच्छ्े गाउँपालिनका वडा न ८का वडा सदस्य पुष्पा गुरुङ र होम स्टे संचालक लक्ष्मी गुरुङलाई संकलित फोहोरलाई ब्यवस्थापन गर्नेका लागि हस्तारण गरेका थिए । सदस्य पुष्पा गुरुङले ल्वाङ गाउँलाई प्रचार प्रसार गरि सहयोग गर्ने आग्रह गर्दै आगामि दिनहरुमा पनि यहाँहरुको सहयोग अपेक्षा रहेको भनाई राखेकी थिइन ।

प्रकाशित मितिः आइतवार, पुस ९, २०७४     2:06:28 PM

Ganesh Pahari

See all posts by