सामाजिक कामका लागी तमुस्यो रि च्हमी परिवारद्धारा स्योकै कार्यक्रम, विभिन्न ब्याक्तित्वहरु सम्मानित ,

, पोखरा पुस ८
सामाजिक कामका लागी पोखराका गुरुङ दिदी बहिनीहरुको समुह तमुस्यो रि च्हमी परिवारले तमु ल्होसारको अवसर पारी स्योकै तथा विभिन्न सामाजिक ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । आफ््नो भाषा, संस्कृतीको संरक्षण संगै सामाजिक क्षेत्रमा सहभागीता जनाउदै आएको तमुस्यो रि च्हमी परिवारले खी (कुकुर) ल्होसार कुकर वर्गको अवसर पारी सामाजिक सेवाका लागी सहयोगार्थ स्योकै कार्यक्रमका बीच सामाजिक क्षेत्रमा क्रियाशित तमु तमुस्योहरुलाई सम्माने गरेको हो ।

सो अवसरमा सामाजिक क्षेत्रमा क्रियाशिल रही विशेष योगदान पु¥याएको भन्दै सरकारी क्षेत्रबाट सेवा पु¥याएवापत कास्की मादी गाउपालिका वडा नम्बर ९ का अध्यक्ष तोरण गुरुङ, मादी गाउपालिका ७ का अध्यक्ष लाल बहादुर गुरुङ, शिक्षा तर्फ लक्ष्मी गुरुङ, सञ्चार तर्फ शान्ति गुरुङ, गीत संगीततर्फ शर्मिला गुरुङ र सेवा तर्फबाट इन्स्पेक्टर चन्द्रा गुरुङलाई सम्मान गरेको हो । सम्मानित ब्याक्तिहरुलाई प्रदेश नम्बर चारका प्रदेश सभा सदस्य माननिय इन्द्रधारा बिष्टले खादा, टिका र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

उक्त अवसरमा वोल्दै माननिय इन्द्रधारा बिष्टले चार नम्बर प्रदेश भाषा, संस्कृतिको धनी प्रदेश भएको वताउदै यहांका जनजातीको कला, संस्कृति र भाष संरक्षणमा स्योकै कार्यक्रमले ठूलो भुमिका खेल्ने वताए । विष्टले संस्कृतिको जगेर्ना संगै सामाजिक क्षेत्रमा सहयोग गर्ने यस्ता कार्यक्रममा सहभागी हुन पाउदा निकै खुसी लागेको वताउदै आफुले पनि तमुस्यो रि च्हमी परिवारलाई सक्दो सहयोग गर्दै सधै सहकार्य गर्न तत्पर रहेको वताए । आयोजक तमुस्यो रि च्हमी परिवारका संयोजक गौरि गुरुङले आफुहरुले रमाइलो संगै केही सामाजिक काम गर्नुपर्छ भन्ने सोचेर स्थापना कालदेखिनै सामाजिक सेवामानै अगाडी वढिरहेको र खि ल्होसारको अवसरमा आयोजित स्योकै कार्यक्रमबाट पनि केही रकम संकलन गरी सामाजिक सेवामानै खर्च गर्ने वताए ।

हाल सम्म रि च्हमी परिवारले एकीकृत सृजनशिल समाज, नमस्ते किड्स, हरियोखर्क अस्पतालमा रहेका बृद्धबृद्धा, तराइ बाढी पिडितलाई राहत संकलन, गीतकार सुक गुरुङ बचाउ अभियानलाई सहयोग गरिसकेको समेत गुरुङले वताए ।तमुस्यो रि च्हमी परिवारमा आवद्ध गौरी गुरुङ, पुनम गुरुङ, सुगन्ध गुरुङ, निशा गुरुङ र शुसिला गुरुङले आयोजना गरेको कार्यक्रममा कलाकारहरु शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, माया गुरुङ, ओम गुरुङ , सुजन गुरुङ, चन्द्रा गुरुङ , नर बहादुर राना लगायत कलाकारहरुले आ आफ्नो प्रस्तुती मार्फत कार्यक्रममा उपस्थितलाई मनोरन्जन प्रदान गरेका थिए ।

प्रकाशित मितिः शनिबार, पुस ८, २०७४     7:22:27 PM

Tara Chapagain

See all posts by