पोखराको अमरसिंहमा खुल्यो प्रफेक्ट प्रिन्टिङ सोलुशन एण्ड गिफ्ट सप

पोखरा ८ पुस ।
पोखराको अमरसिंहमा प्रफेक्ट प्रिन्टिङ सोलुशन एण्ड गिफ्ट सप सञ्चालनमा आएको छ । युवाहरु विदेशिने क्रम बढिरहदा यहांका एक युवाले अमरसिंह आसपासका ग्राहकलाई मध्येनजर गरी प्रिन्टिङ एण्ड गिफ्ट सप सञ्चालनमा ल्याएका हुन । अमरसिंहका युवा नविन श्रेष्ठले सञ्चालनमा आएको गिफ्ट सपको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रविन्सन प्रजूले उद्घाटन गरे ।

सपको उद्घाटन गर्दै प्रजूले युवाहरु विदेशिने क्रम वढिरहदा अमरसिंहचोकका युवा नविन श्रेष्ठले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको वताए । युवाहरु ब्यवशाय छाडेर विदेश पलायन हुने क्रम वढिरहदा नविन जस्ता युवाले गरेको कामबाट स्वदेशमानै केही गर्न सकिन्छ भन्ने पाठ सिक्न समेत अन्य युवालाई प्रजूले आग्रह गरे ।त्यस्तै पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापतिले आफुले पोखरामा गिफ्ट पसलको शुरुवात गरेको पुरानो अनुभव सुनाउदै नविन श्रेष्ठले सुरुवात गरेको पसल सानो भएतापनि ठूलो फाइदा लिन सक्ने भएकाले यसलाई अझै ब्यवस्थित गरेर अगाडी वढ्न सुझाव दिए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा आठौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक सुक बहादुर गुरुङले नविन श्रेष्ठ निकै मेहनती ब्यक्ति भएको र उनको मेहनत र लगावले गिफ्ट पसल सञ्चालनमा आउनु खुसीको कुरा भएको समेत वताए । आगामी दिनमा आफुहरुको क्लव तथा आफु आवद्ध संघ सस्थाहरुले प्रफेक्ट प्रिन्टिङ सोलुशन एण्ड गिफ्ट सप बाटै आफुहरुलाई चाहिने सामान खरिद गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । सपका सञ्चालक नविन श्रेष्ठले युवाहरुले स्वदेशमा केही सिप प्रयोग गर्न नसकी विदेशीने क्रम वढिरहदा आफुले जानेको सीपलाई स्वदेशमानै प्रयोग गर्नुपर्छ भन्ने ठानेर पसल सञ्चालनमा ल्याएको वताउदै अन्य युवाहरुलाई पनि आफुले जानेको सीपलाई स्वदेशमानै थोरै भएपनि लगानी गरी केही गर्नुपर्नेमा जोड दिए । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, युनाइटेड क्लवका पदाधिकारीहरु, समाजसेवी, वडा नम्बर १० का विभिन्न आमा समुह, महिला समुहहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शनिबार, पुस ८, २०७४     7:04:47 PM

Tara Chapagain

See all posts by