कास्कीको भाचोकमा वस दुर्घटना, १ जनाको मृत्यु

रानीपौवावाट कास्कीको भाचोक जाँदै गरेको यात्रुवाहक वस दुर्घटना भएको छ ।
साँझ साढे ५ बजेको समयमा वाटो भासिएर वस मादी गाउँपालिका १० भाचोक गहतवारीमा दुर्घटनामा परेकोे वताईएको छ । दुर्घटनामा परि १ जनाको मृत्यु भएको र ७ जना गम्भिर घाईते भएको वताईएपनि पुष्टि भएको छैन । घटनास्थलमा सुरक्षाकर्मी पुगिनसकेको र रात परिसकेकोले घाईते उद्धार हुन सकेको छैन भने के कति क्षति पुग्यो भन्ने पनि खुलेको छैन ।

वसमा सवार बर्ष ४० की पदम नेपालीको घटना स्थलमा नै मृत्यु भएको हो । नेपाली मादी गाउपालिका वडा नं ९ निवासी हुन भने उनि सोही वडाको दलित महिला सदस्यकी जनप्रतिनिधी हुन् । घटनामाा अन्य नौ जना घाईते भएका छन् । घाईते हुनेहरुमा वस चालक वर्ष ३०का अमृत गुरुङ,वर्ष ३५की ज्योती गुरुङ,वर्ष २२ की छायाँ नेपाली,बर्ष ४० का बिजुली गुरुङ, अन्य घाइतेहरुको विवरण आउन बाकी रहेको छ ।

पृथ्वीराजमार्ग बस संचालक समितिवाट संचालित ना ३ ख ७४९६ नम्वरको वस दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी घटनास्थलमा पुगिनसकेकोले जनाएको छ ।पोखरावाट घटनास्थलमा पुग्न ३ घण्टाको समय लाग्दछ ।

प्रकाशित मितिः शुक्रबार, पुस ७, २०७४     7:49:50 PM

Tara Chapagain

See all posts by