सिद्धिबिनायक महिला बचत तथा ऋण सहकारीको अवलोकन भ्रमण

तारा चापागाई

पोखरा, ७ पुस ।
पोखरा ४ गणेशटोलमा अवस्थित सिद्धिबिनायक महिला बचत तथा क्रृण सहकारीका ३५ जना महिलाहरु स्थलगत भ्रमणमा गएका छन् । महिला मात्रै कार्यरत यस सहकारीले अन्य क्षेत्रका महिला सहकारी तथा उधोगहरुको अध्ययन अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरेको सिद्धिबिनायक महिला बचत तथा क्रृण सहकारीका अध्यक्ष तथा कार्यक्रम संयोजक सीता कोइरालाले जानकारी दिइन , भ्रमणले महिला दिदिबहिनीहरुलाइ अन्य क्षेत्रका उधोग तथा महिला सहकारीको बारेमा सिक्ने वा सिकाउने अवसर मिल्ने बताइन् ।

उनले सधैभरि एकै ठाँउका बारेमा मात्रै कति जान्नु , अन्य क्षेत्रका महिलाहरुको शिप, क्षमता र दक्षता लाइ अवलोकन मार्फत सिक्ने अवसर मिल्ने बताइन् । २ दिने अवलोकन भ्रमणमा रहेका महिला दिदिबैनीहरुले धादिङका बिभीन्न महिला सहकारी तथा साबुन फ्याक्ट्रिको अवलोकन गर्ने कोइरालाले जानकारी दिइन् ।

प्रकाशित मितिः शुक्रबार, पुस ७, २०७४     11:58:53 AM

Tara Chapagain

See all posts by