आठौ पोखरा महोत्सवलाई एबिसी र फेवा टिभीको साथ, महोत्सवका लागी गठिन उपसमितीहरुको बैठक सम्पन्न

गिता राना मगर,

पोखरा ५ पुस ।

आठौ पोखरा महोत्सवलाई एबिसी टेलिभिजन र फेवा टेलिभिजनले साथ दिने भएको छ । राष्ट्रिय स्तरबाट एबिसी टेलिभिजन र स्थानिय स्तरमा फेवा टेलिभिजनले आठौ पोखरा महोत्सवलाई साथ दिने भएको हो । पुस २७ देखि माघ ८ सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सव आयोजक युनाइटेड क्लवका पदाधिकारी र एबिसी टेलिभिजन र फेवा टेलिभिजनका प्रतिनिधीहरु बीच सम्झौता पत्रमा हस्ताक्षर गरी महोत्सवलाई भब्य र सभ्य बनाउन एक अर्कालाई सहयोग गर्ने निर्णय समेत गरेको छ । सो अवसरमा वोल्दै एबिसी टेलिभिजनका ४ नम्बर प्रदेश इन्चार्ज एम बि आस्थाले पोखरा महोत्सवलाई स्थापना कालदेखिनै एबिसी टेलिभिजनको माध्यामबाट प्रचार प्रसारमा सहयोग पु¥याउदै आएको र यो वर्षपनि पोखरा महोत्सवको प्रचार प्रसारमा कुनै कन्जुस्याइ नगर्ने वताए । त्यसैगरी फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले युनाइटेड क्लवले स्थापना कालदेखिनै पोखरामा रहेर सामाजिक क्रियाकलापमा अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको सन्दर्भमा फेवा टेलिभिजनले केही वर्षदेखि निरन्तर सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए ।

महोत्सव आयोजनक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सव सफल बनाउनका लागी मिडिया पार्टनरहरु संगै सम्पूर्ण सञ्चारमाध्यामको भुमिका उत्तिकै रहने वताउदै राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यामहरुको सहयोगलेनै महोत्सव आज सम्म निरन्तरता पाएको वताउदै आठौ पोखरा महोत्सवलाई पनि अघिल्लो वर्षहरुमा जस्तै सहयोग गरिदिन आग्रह गरे । महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले महोत्स्व पोखराकै गौरवको महोत्सव भएकाले सामाजिक काममा सहभागी हुनका लागी पोखरा महोत्सवले मुख्य भुमिका खेल्ने भएकाले सवैको माया र सदभावको आवश्यक रहेको वताए ।

यसैविच आठौ पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागी गठन गरिएको उपसमितीहरुको बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक कमिटीका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा महोत्सवका लागी गठन गरिएका ३९ वटै उपसमितीहरुको बैठक वसी महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउनका लागी सवैले आ आफ्नो जिम्मेवारीलाई अनुसाशन पूर्वक काम गर्ने प्रतिवद्धता जनाएका थिए । क्लवका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा ३९ वटै उपसमितीका संयोजकहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४     7:48:02 PM

Tara Chapagain

See all posts by