कैलाश बचतले अथकलाई सम्मान गर्ने

पोखरा ६, पुस

पोखराको मानवअधिकार चोकमा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले पोखराका पत्रकार कमल पौडेल अथकलाई सम्मान गर्ने भएको छ । संस्थाको सातौं वर्ष गाँठको अवसरमा संस्थाले पत्रकार अथकलाई सम्मान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिएका छन् ।

अथकलाई दोसल्ला, सम्मान पत्र र नगद सहित यही पौष ८ गते शनिवार एक कार्यक्रमका वीच सम्मान गरिने अध्यक्ष पौडेलले वताए ।
मोफसलमा रहेर सहकारी क्षेत्रका समाचारलाई प्राथमिकताको साथ प्रकाशन प्रसारणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले अथकलाई सम्मान गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहेका अथक विगत डेढ दशकदेखि पोखराका छापा, विद्युतीय, टेलिभिजन तथा अनलाईन संञ्चारमध्यममा कार्यरत छन् । हाल अथक रेडियो सराङकोटका समाचार प्रमुख हुन् ।
यसैवीच संस्थाले सोही दिन सातौं वार्षिकोत्सवका सवै कार्यक्रम समापन गर्ने भएको छ । सातौं वार्षिक उत्सवको अवसरमा सरसफाइ, रक्तदान, दीपावलि, फोटो ग्राफर संघलाई कार्यालय हस्तान्तरण, संस्थापकलाई सम्मान, पत्रकार सम्मान र वनभोज लगायतका कार्यक्रम आयोजना गरिएको मूल आयोजक समितिका संयोजक जीवन ढुंङ्गानाले जानकारी दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४     7:35:49 PM

Tara Chapagain

See all posts by