पोखरा ४ पुस ,
पोखरा १९ घार्मीमा रहेको भुमेश्वर आधारभुत विद्यालयको ६३ औ बार्षिकोत्सव तथा विविध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष शोभामोहन पौडेलले शैक्षिक क्षेत्रको विकासले मात्र समाजको परिवर्तन हुने बताउनु भएको छ । कार्यक्रममा प्रमूख अतिथि पौडेलले पूर्व शिक्षक जमुनादेबि बस्नेतलाई सम्मान सहित विदाई र अभिभावक मैया पौडेल , शिक्षक लक्ष्मी आचार्य अधिकारी पूर्व शिक्षक पोषराज पौडेल र व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र पौडेललाई सम्मान गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पौडेलले विद्यालयको प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो भने अक्षयकोषको छात्रवृति तथा शैक्षिक र अतिरिक्त क्रियाकलापतर्फको पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा तेज प्र अधिकारीले १ लाख १हजार १ सय ११ , सुरेन्द्र कार्की भावना पौडेलले ५१ हजार १ सय ५ रुपैया अक्षयकोषमा हस्तान्तरण गर्नुभयो । कार्यक्रमका अवसरमा एक लाख ७६ हजार ३ सय ७१ रुपैया अक्षयकोषका लागी संकलन भएको प्र.अ. पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीले संस्कृतिक ,नृत्य र गीत प्रस्तुत गरेकाथिए ।