नेपाल रेडक्रस सोसाईटी उपसाखा १०÷११ बैठक सम्पन्न, बरिष्ठ सदस्य भट्टचन द्धारा सहयोग हस्तान्तरण

सो सहयोग रकमलाई एक कार्यक्रमका बिच संस्थलाई हस्तान्तरण गर्दै भट्टचनले यहि माघ १२ मा हुन गईरहेको साधारण सभा तथा अधिवेशनको सफलताको कामना सहित बृहत उन्नती र सफल नेतृत्वको लागि संस्थालाई धन्यवाद दिनु भएको थियो ।

उहाले सवै नेपाली दिदीबहिनी तथा दाजुभाई हरुलाई नेपाल रेडक्रस सोसाईटी एक बिसुद्ध सामाजिक संस्था रहेको हुंदा यस संसथाका आफ्नो आवद्धता जनाउनका लागि अनुरोध गर्दे आपदबिपद र दुःखमा परेका ब्यत्तिका का लागि सेवा गर्नु नै महान धर्म रहेको बताउनुभयो । साथै भट्टचनले आउदो माघ १२ गते हुन गईरहेको साधारण सभा तथा अधिवेसनमा सवैलाई उपस्थित भै दिनका लागि चुल्यै निम्तो समेत रहेको बताउनु भयो ।

४ बर्ष अगाडी २०७० सालमा नया कार्यसमिति चयन गरिएको थियो भने यस समितिको बार्षिक साधारण तथा अधिवेशन यही आउदो माघ १२ गते हुदैछ । सो साधारण सभा तथा अधिवेशनको अवसरमा रत्तदान कार्यक्रम साथै महिलाको पाठेघर सम्बन्धी निशुल्क परिक्षण गरिने कुरा बताईएको छ ।

कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाईटी उपसाखा १० ÷ ११ का सभापती सम्मर बहादुर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव सूर्य बानियाले संचालन गरेका थिए । कार्यक्रममा भावी कार्यक्रम तथा योजनाका बारेमा समेत छलफल भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, पुस ४, २०७४     5:38:29 PM

Tara Chapagain

See all posts by