लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजले ट्राफिक कार्यलयलाइ रोड डिभाइडरकोन सहयोग

पोखरा ३ पौष ,
लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजले जिल्ला ट्राफिक कार्यलय कास्कीलाइ रोड डिभाइडरकोन  सहयोग गरेको छ । लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजका अध्यक्ष तिर्थराज आचार्यले जिल्ला टाफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्ललाइ उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सिनियर ए.ओ.जी रामचन्द्र पा्ख्रेलले क्लवले सडक ब्यवस्थापन गर्ने काममा सहयोग गरेकोमा खुशि लागेको बताए । जिल्ला टाफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्लले क्लवले रोड डिभाइडरकोन जस्तो अति आवश्यक साम्राग्री प्रदान गरेकोमा आभार ब्यक्त गर्दै क्लवलाइ धन्यबाद ज्ञापन गरे ।

क्लवका संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन शिवराज आचार्यले क्लवले रोड डिभाइडरकोन बितरण सामाजिक जिम्मेवारीमा थोरै भएपनि सहयोग गरेको बताए । कार्यक्रममा एक्सटेन्सन चियर पर्सन कालिदास पौडेल डिस्टिक कमिटि को चियर पर्सन दुर्गा कुमारी आचार्य , क्लवका प्रथम अपाध्यक्ष घनश्याम शर्मा लगायतले बोलेका थिए । क्लवका सचिव बिजय पहारीले संचालन गरेको कार्यक्रममा द्धितीय अपाध्यक्ष शोभाकान्त पौडेलले स्वागत मनतब्य राखेका थिए ।

प्रकाशित मितिः सोमवार, पुस ३, २०७४     7:40:46 PM

Tara Chapagain

See all posts by