लायन्स क्लव अफ डायमन्ड भिलेजले गर्यो केदारेश्वर मन्दिरमा सहयोग

पोखरा ३ पौष,

लायन्स क्लव अफ डाइमन्ड भिलेजले पोखराको केदारेश्वर मन्दिरलाइ न्यानो कपडा तथा ग्यास गिजर बितरण गरेको छ । सोमबार एक कार्यक्रमको बिच पोखराको पिठादिशका लेखनाथ आर्चायलाई पोखरा डाइमन्ड भिलेजका अध्यक्ष कन्चन थापाले सहयोग सामाग्री हस्तान्तरण गर्दैै संस्कृत शिक्षाको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिदै मुर्तिका भगवानलाइ दुध चडाउनु भन्दा केदारेश्वर बिद्यापिठमा बस्ने साना साना बालबालिकालाइ सहयोग गरेमा जिवित आत्माले आर्शिबाद दिने बताइन् ।

प्रमुख अतिथी केदारेश्वर मन्दिरका पिठादिश लेखनाथ आर्चायले दान भनेको पुण्य कार्य हो ,प्राप्त सामाग्रीलाइ भिक्षाको रुपमा स्वीकार गरेको बताए ।,उनले आधुनिक कुराहरुको चकाचौतले संस्कार लोप हुन लागेको बताउदै संसकृत शिक्षालाइ विद्यालयमा पठनपाठनको रुपमा राख्न पहल गर्नुपर्ने बताए ।लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजका संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन शिवराज आचार्यले डायमन्ड भिलेजले आवश्यकतालाइ महशुश गरि सहयोगी भावना लिएर अगाडी बढिरहेको बताए ।


लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजका अध्यक्ष तिर्थराज सहयोगआचार्यले डाइमन्ड भिलेजले जाडोको समयलाइ मध्यनजर गरिएको सामाग्रीको राम्रो सदुपयोग गर्नु पर्ने बताए । केदारेश्वर मन्दिरका बटुकलाइ न्यानो कपडा र ग्यास गिजर बितरण गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजका द्धितीय अपाध्यक्ष सोभाकान्त पौडेल , स्कुलिङ एन्ड टेनिङ डिर्पाटमेन्ट को चिफ तथा डिस्टिक एडभाइजर दुर्गा ढकाल, डिर्पाटमेन्ट अफिसर इन्दिरा बराल लगायतले बोलेका थिए भने कार्यक्रम संयोजक रेखा बास्तोलाले गरेकी थिइन् । पोखरा डाइमन्ड भिलेजका सचिव लक्ष्मी कोइरालाले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्रा न्यौपानेले स्वागत मनतब्य राखेकी थिइन् ।

प्रकाशित मितिः सोमवार, पुस ३, २०७४     7:36:42 PM

Tara Chapagain

See all posts by