गोल्डेन सोसाईटीद्धारा निःशुल्क स्वास्थ्य तथा आँखा शिबिर सम्पन्न

पोखरा, १ पौष ,

लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाईटीको आयोजनामा पर्वतको कुश्मा नगरपालीका १२ ठुलीपोखरी स्थित प्राथामीक स्वास्थ्य केन्द्रको हाताभित्र शुक्रवार एकदिने नि ःशुल्क स्वास्थ्य तथा आँखा शिबिर सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पताल पोखरा र प्राथामीक स्वास्थ्य केन्द ठुलीपोखरी पर्वतको प्राविधिक सहयोगमा सञ्चालित शिबिरमा तिन सय सत्तरी जना बिभिन्न रोगका बिरामीहरुले जाँच गराएका थिए । जसमध्ये १९० जना आँखाका र बाँकी १८० जनाको जननल स्वास्थ्य जाँच गरिएको थियो । बिरामीहरुका लागि आबस्यक पर्ने सम्पुर्ण औषधि र चस्मा क्लवले निशुल्क प्रदान गरेको थियो ।

शिबीरमा जाँच गराउन आएका आँखा जाँच गर्ने बिरामीको चाप धेरै रहेको थियो । ४ जनामा मोतियाबिन्दु देखिएको हुँदा हिमालय आँखा अस्पताल पोखरामा रिफर गरिएको दृष्टी बिशेषज्ञ अनिल चौधरीले जानकारी दिए । जनरल स्वास्थ्य जाँच तर्फ ग्यास्टिक, प्रेसर, बाथरोग, निमोनिया, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने लगाएतको समस्या रहेको पाईएको डा विवेक भण्डारीले बताए ।स्वास्थ्य जाँच गराउन आएका ८७ बर्षिय डाँडाघर ठुलीपोखरीका दीलनाथ सुवेदीले घरगाँउमा सिविर आयो जाँच्न पाए औधि खुशी लागेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालीका १२ का वडाध्यक्ष राजेन्द्र पौडेल र बिशिष्ठ अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट मिडिया को चेयरपर्सन टंकराज अधिकारीले प्राथामीक स्वास्थ्य केन्द ठुलीपोखरीका डा बिवेक भण्डारी र हिमालय अस्पताल पोखराका दृष्टी बिशेषज्ञ अनिल चौधरीलाई पिस्केप्सन कार्ड हस्तान्तरण गरिे कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि पौडेलले भौगोलिक बिकटता रहेको यस बिकट ठाउँमा आएर समुदायका रहेका गरिब जनताहरुलाई निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरि औषधि समेत बितरण गरेकोमा खुशी ब्यक्त गर्दै आर्थिक भारबाट मुक्ति दिलाएको वताउदै आगामी दिनहरुमा पनि यस्ता सामाजीक कार्यहरु सञ्चालन गर्नका लागि आग्रह गरेका थिए ।

बिशिष्ठ अतिथि डिष्ट्रिक्ट मिडिया को—चेयरपर्सन टंकराज अधिकारीले महिला मात्रको क्लव भएर पनि लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाईटीले भौगोलिक बिकटता रहेको बिकट बस्ती सम्म पुगेर बिभिन्न रोगका समस्याबाट ग्रसित सर्ब साधारण जनताहरुलाई स्तरिय बिषेशज्ञ सेवा प्रदान गर्न खेलेको भुमिकाको स्रहृाना गरेका थिए । लायन्स अन्र्तराष्ट्रियको अन्धोपन निवारण कार्यलाई स सक्तरुपमा उन्मुलन गर्नका लागि नेपालका लायन्स क्लवहरुले बिकट ग्रामीण बस्तिहरुमा नि ःशुल्क आँखा शिबिर सञ्चालन गरेको बताउदै बिशुद्ध मानबिय सेवा गर्ने उदेस्यले शिक्षा ,स्वास्थ्य ,वातावरण र मानविय सेवा लायन्स क्लवकाहरुले गर्ने कार्यहरु लक्ष्क्षित बर्ग र समुदायले अनुभुति गर्ने गरि सञ्चालन गदै आएको बताए ।

क्लवका अध्यक्ष बिष्णु पराजुलीको अध्यक्षतामा सम्पन्न कृहत स्वास्थ्य सिविर कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सिता बराल, द्धित्तिय उपाध्यक्ष भवानी अधिकारी, सचिव सबिता आचाय, कार्यक्रमका संयोजकद्धय सिता सुवेदी र रेखा बराल, स्थानीय गोकर्ण सुवेदी लगाएतले लायन्सले समाजमा गरेका उल्लेख्य कार्यहरुले समाजमा पारेको सकरात्मक कार्यहरुको बारेमा आ–आफ्ना भनाई राखेका थिए

प्रकाशित मितिः शनिबार, पुस १, २०७४     3:57:22 PM

Tara Chapagain

See all posts by