लैंगिक र सामाजिक विभेदका विषयमा रेडियो जननीमा अन्र्तक्रिया

पोखरा  मंसिर
महिलामाथि हुने हिंसा, सामाजिक बिभेद र लैंगिक समानताका विषयमा तत्कालिन रुपमा देखीएका समस्याका बारेमा बुधबार रेडियो जननीमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट जिल्लामा कार्यरत के.सि.डि.सि बाट आएको ३२ जनाको टोलि र रेडियो जननी कार्यसमिति तथा कर्मचारीका बिच उक्त अन्र्तक्रिया भएको हो ।

कार्यक्रममा स्थानिय र राष्ट्रिय स्तरमा महिलाले भोग्नुपरेका सामाजिक, शैक्षिक, प्रजनन, सांस्कृतिक, आर्थीक, राजनितिक तथा स्वास्थ्य सम्बन्धि समस्या र समाधानका लागि सरोकारवालाले गर्नु पर्ने कामहरुका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागि हरुले घरेलुहिंसा, बैदेशीक रोजगारबाट फर्कीएका महिलाको पारिवारिक तथा सामाजिक पुर्नस्थापना, जनचेतना तथा पर्याप्त शिक्षाको अभाव, एचआइभि एड्स संक्रमीत, अपांगता भएका महिला, एकल महिला ले भोग्नुपरेका सामाजिक र पारिवारिक दुव्र्यवहारका बारेमा आ–आफ्ना अनुभव साटेका थिए ।

कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष हिरा भट्राइले आर्थीक शसक्तीकरण नभएका कारण नै महिलाहरु पछाडि परेको बताउँदै रेडियो कार्यक्रम तथा सामाजिक अभिमुखिकरण मार्फत महिलाहरुलाइ उत्पादनमुलक काममा अभिप्रेरित गर्नु पर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण गर्दै रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारीले महिलाको क्षेत्रमा प्राप्त उपलब्धीहरुलाई एक जिल्ला बाट अर्काे जिल्लामा पुगेर साट्दा यसले परिवर्तनका लागि ईट्ठा थप्नुका साथै शसक्तिकरणका लागि मद्दत पुग्ने बताउनुभयो ।

त्यस्तै के.सि.डि.सि संस्थाका कार्यकारी निर्देशक टंक लामाले नुवाकोट जिल्लामा अझै पनि महिलाहरु घर बाहिर निस्कीएर सामाजिक क्रियाकलापमा भाग लिन हिच्कीचाइरहेका बताउनुभएको थियो । महिलामा जनचेतना र कानुनि सचेतना पर्याप्त नभएकै कारण विकासका कार्यक्रम संचालन गर्न पनि चुनौती व्यहोर्नु परेको समेत बताउनुभयो । रेडियो जननी ९०.६ का संस्थापक मिलन थापाले समाजमा क्रियाशिल महिला समूह र क्लबहरुको स्थापना ले महिलाहरुको नेतृत्व बिकासमा टेवा पुगेको बताउँदै अन्र्तक्रिया कार्यक्रम फलदायी भएको बताउनुभयो ।

रेडियोका कार्यक्रम व्यवस्थापक स्मिता अधिकारीले रेडियोबाट प्रसारण भएका कार्यक्रमले समाजमा ल्याएको परिवर्तनबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा महिला तथा वालबालिका माथि हुने व्यवशायिक यौन शोषणका विरुद्ध जनचेतनामुलक कार्यक्रमका सक्रिय महिला निगरानी समूहका पदाधिकारी र केसीडिसी संस्थाका कार्यक्रम संयोजक टंक जोशि लगायतहरुले आफ्नो अनुभव साटेका थिए ।

प्रकाशित मितिः बिहिबार, मंसिर २८, २०७४     10:35:51 AM

Tara Chapagain

See all posts by