कास्कीमा समानुपातिको मतगणना सकियो, एमाले पहिलो

कास्की २७, पोखरा ,
तारा चापागाई
कास्कीमा समानुपातिक तर्फको सबै मतगणना पनि सकिएको छ । समानुपातिक र प्रदेशसभा दुवै तर्फ एमाल पहिलो दल बनेको छ भने काङगे्रस दोस्रो र माओवादि केन्द्र तेस्रो बनेका छन् । प्रतिनिधिसभा तर्फ कास्कीमा एमालेले सबैभन्दा बढि ८२ हजार ६ सय ४८ मत प्राप्त गरेको छ भने कांग्रेसले ६० हजार ७ सय ८९ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र १३ हजार ८ सय ८१ मत ल्याउदै तेस्रो स्थान पाएको छ भने विवेकशिल साझा पार्टि ७ हजार ३ सय २७ मतले चौथो ठुलो पार्टि बन्न पुगेको छ । त्यसैगरि राप्रपाले ३ हजार ३ सय ३, नयाँ शक्तिले १ हजार ७ सय ९ र संघिय समाजवादी र्पािर्ट १ हजार ३ सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

कास्कीमा प्रदेशसभा तर्फ ७७ हजार ४ सय ८७ मत ल्याउदै पहिलो बनेको थियो । कांग्रेसले ५८ हजार १ सय ७२ मत ल्याएको हो भने माओवादी केन्द्रले १४ हजार ६ सय ३८ मत ल्याउदै तेस्रो र विवेकशिल पार्टिले ५ हजार ६ सय २४ मत ल्याएको हो ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     11:34:58 AM

Tara Chapagain

See all posts by