गिता राना मगर, स्याङजा २६ मंसिर ।
स्याङजा २६ मंसिर । स्याङजा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ क बाट बाम गठबन्धनका उमेदवार दिपक चर्ती मगर बिजयी भएका छन । चर्ती मगरको जीत संगै स्याङजामा बाम गठबन्धनको खाता खुलेको छ । बाम गठबन्धनका उमेदवार चर्ती मगरले नेपाली कांग्रेस स्याङजाका सभापति समेत रहेका कमल पंगेनीलाई पराजित गर्दै बाम गठबन्धनको खाता खोलेका हुन ।

चर्ती मगरले १७ हजार ३ सय ९२ मत ल्याउदा नेपाली कांग्रेसका कमल पंगेनीले १४ हजार ६ सय ६६ ल्याएर पराजित भएका हुन । मगरले २ हजार ७ सय २६ मत अन्तरले पंगेनीलाई पराजित गरेका हुन ।
पराजित पंगेनीले बिजयी उमेदवार चर्ती मगरलाई अबिर र माला लगाइ बधाइ ज्ञापन गर्दै सफल कार्यकालको समेत कामना गरेका छन । पंगेनीले लोकतान्त्रिक अभ्यासमा हार जित स्वीकार गर्नुपर्ने वताउदै चर्ती मगरको जीत आफ्नै जीत भएको समेत वताएका छन । आफु पराजित भएतापनि ४ नम्बर प्रदेशको समग्र बिकासको काममा चर्ती मगर लगायत अन्य बिजयी उमेदवारहरुलाई सहयोग गर्ने समेत पंगेनीले वताएका छन ।