पर्वतको तीन वटै सिटमा बाम गठबन्धन अगाडी

/पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिटमा बाम गठबन्धनका उमेदवारले अग्रता लिएका छन ।
पर्वतको प्रारम्भिक मत परिणाममा प्रतिनिधीसभाका उमेदवार एमालेका पदम गिरीले २ हजार १ सय ३१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १ हजार ५ सय ७१ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले १ हजार ३ सय ५१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका नवराज गुरुङ्गले ८ सय ८९ मत प्राप्त गरेका छन ।
प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले ७ सय ७१ मत प्राप्त गर्दै अग्रता लिएका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ७ सय ३ मत प्राप्त गरेका छन । प्रतिनिधीसभा र प्रदेशसभामा कुस्मा नगरपालिकाको वडा नं १ पाङ्ग र फलेबास नगरपालिकाको वडा नं २ थापाठानाको मत गनिएको हो । दुबै वडा कांग्रेसको बाहुल्यता भएका मानिने भएपनि बाम उमेदबारले अग्रता लिन सफल भएका छन ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०७४     9:26:36 PM

Tara Chapagain

See all posts by