झापामा मध्यान्ह १२ बजेपछिबाट मतगणना शुरु हुने भएको छ । केही समय अगाडी बढेको सर्वदलिय बैठकले ५ बुदे सहमति गर्दै साढे १२ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो ।
हेभिवेट उम्मेदवार रहेका झापाका ५ क्षेत्रका मतगणना एकैपटक शुरु हुने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो । सो क्षेत्रबाट एमाले अध्यक्ष केपीशर्मा ओली, काग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका राम कार्की, काग्रेसका विश्वप्रकाश शर्मा सहितका उम्मेदवार चुनावी मैदानमा छन् । janatatimes .com बाट