कास्कीका विभिन्न पार्टीका नेताहरुले आ–आफ्नो नाम भएको मतदान केन्द्रबाट बिहानै मतदान गरेका छन्। एमाले युवा नेता एवं कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र अधिकारीले मतदान गरिसकेका छन्। अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको शान्ति उदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
त्यसैगरी क्षेत्र नम्वर ३ का एमालेका प्रतिनिधि सभाका उमेदवार जगत विश्वकर्माले लामाचौर अकला आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यसैगरी कास्की क्षेत्र नंम्वर १का एमालेका प्रतिनिधी सभाका उमेदवार खगराज अधिकारीले पोले ३० को बेगनास केन्द्रबाट मतदान गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका उमेदवार यज्ञवहादुर थापाले पोखरा महानगरपालिका २६ को विजयपुरब मतदान केन्द्रबाट मतदान गरेका छन् ।