पोखरा, १९ मंसिर । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ मा रहेको गलेश्वरचोकमा रहेको वेलनन् एकेडेमी मा.वि.मा दुई दिवसीय वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । स्वस्थ्य जीवनका लागि खेलकुद भन्ने नाराका साथ विद्यालयको प्राङ्गणमा आयोजित खेलकुद प्रतियोगिता १७ र १८ गरि दुई दिनसम्म सञ्चालन भएको थियो ।
अन्तरसदनात्मक छात्रा खोखोतर्फ हरियो सदन प्रथम भएको थियो भने रातो सदन द्धितिय भएको थियो । त्यस्तै ४ मिटर रिले दौडमा छात्रतर्फ निलो सदन प्रथम र छात्रा तर्फ हरियो सदनले प्रथम स्थान हासिल गरेको थियो । यसैगरि छात्र फुटबलतर्फ पहेँलो सदन प्रथम र रातो सदनले द्धितिय स्थान हुन सफल भएका थिए ।
विद्यालयको सह—प्राचार्य शिवहरि सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य तोरणबहादुर वानियाँले स्तब्ध जीवनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै पढाईका साथमा खेलकुदमा पनि उत्तिकै जोड दिनुपर्ने बताए ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यालयका निर्देशक शान्तबहादुर गुरुङ तथा प्राचार्य आनन्दराज अधिकारीले आगामी दिनमा अझ बढी विद्यार्थी केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक अखिलराज परियारले गरेको विद्यालयका शिक्षिका तथा सुचनासञ्चार विभागका संयोजक प्रिया थापामगरले जानकारी दिईन् ।