गगन थापालाई लक्षित गरी बम विस्फोट, थापासहित ११ जना घाइते

काठमाडौं, मंसिर १८

काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

 

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चुनावी प्रचारप्रसारमा रहेका थापामाथि अाक्रमण भएपछि अहिले शिक्षण अस्पताल बाहिर शुभचिन्तकको भिड लागको छ ।उज्यालोअनलाइनबाट

 

प्रकाशित मितिः सोमवार, मंसिर १८, २०७४     2:12:55 PM

Tara Chapagain

See all posts by