भलाममा रबिन्द्र, विभिन्न पार्टीका दर्जनौ कार्यकर्ता एमाले प्रवेश

बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीे अब बाम गठबन्धनले कछुवा गतिमा नभई फटाफट हिड्ने सरकार बनाउने दाबि गरेका छन् । सनिबार पोखरा लेखनाथ महानगर पालिका अन्तर्गत वडा न २० भलाममा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन अधिकारीले सो कुरा बताएका हुन ।

जहिलेपनि अस्थिरता हुदा देशमा बिकाशले गति लिन नसकेको भन्दै उनले कम्तिमा पाच वर्ष एउटा सरकारले काम गर्न पायो भने सम्बृदी तर्फ देश अघि बढ्ने भन्दै नेपालमा स्थायित्व नचाहने तत्वहरु अत्तालिएर बाम गठबन्धनका विरुद्ध अनेकन झुट्टा प्रचार बाजीमा उत्रेको बताए । भब्य समारोहमा स्थानीय आमा समूह ,युबा क्लब ,सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका बिबिध समस्या को बारेमा जानकारी गराएका थिए ।

यसैबीच उक्त कार्यक्रममा दर्जनौ नेता कार्यकर्ता नेपालि कांग्रेस रा प्र पा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । यसरि प्रवेश गर्नेहरुमा रा प्र पा का पोखरा लेखनाथ महानगर अध्यक्ष रमेश बहादुर खत्री , सोहि पार्टी महानगर कमिटि सचिब अनिल के सी ,नेपालि कांग्रेस का बाबुराम पौडेल ,उमानाथ भण्डारी लगायत विभिन्न पार्टीमा आबद्ध दर्जनौ नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई उम्मेदबारहरु रबिन्द्र अधिकारि , र बाम गठबन्धन कास्की क्षेत्र न २ (२ ) प्रदेश सभा उम्मेदबार राजकाजी गुरुङ लगायत य नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

सो अबसरमा उम्मेदबार अधिकारीले ग्रामिण कृषि ,खानेपानी ,पर्यटन , र युबा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्या संग काधमा काध मिलाएर अगी बढ्ने दृढता ब्यक्त गरे । यसैबीच अधिकारीले सनिबारनै पोखरा लेखनाथ महानगर वडा न ११,९ का ,वडा न ८ का बिभिन्न टोल मा सम्पन्न कोण सभा र र जनाशात्कारमा सहभागीता जनाएका छन् ।

 

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     8:42:00 PM

Tara Chapagain

See all posts by