हार्डवयर एशोसियसनको रक्तदानमा युनिट रगत संकलन

पोखरा १६, मंसिर
हार्डवयर एशोसियसन पोखराको आयोजनामा पोखरामा शनिबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । संस्थाको २५ औ वर्षको अवसरमा आयोजनामा भएको कार्यक्रमबाट २६ युनिट रगत संकलन भएको संस्थाका अध्यक्ष राजेश कुमार गुप्ताले जानकारी दिए । नयावजारको व्रम्हकुमारी राजगोग भवन परिषरमा भएको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस कास्की शाखाका अध्यक्ष वामदेव ढुङ्गानाले पहिलो रक्तदाता सोमनाथ वराललाई ब्लड व्याग हस्तान्तरण गरि गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुङ्गानाले सामाजिक सेवा भावका मान्छेहरुको जमधट पोखरमा धेरै हुने भएकाले कहिल्यै पनि यहा रगतको अभाव नभएको जानकारी दिए । उनले कास्कीमा वार्षिक १८ हजार प्वईन्ट रगत संकलन हुने गरेको पनि जानकारी दिए । कास्कीमा रहेका सवै सामाजिक संस्थालाई धन्यवाद दिदै प्रमुख अतिथी ढुङ्गानाले रगत दिनु महादान भन्दा माथीको सेवा भएको धारणा राखे । उनले भने–“तीन तीन महिनामा पुरानो रगत कुनै न कुनै प्रकारले मर्छ तर मरेर जाने रगत दिदा कसैको ज्यान वच्छ भने त्यो भन्दा ठुलो अरु कुनै दान हुदैन ।”
कार्यक्रमा संस्थाका अध्यक्ष राजेश कुमार गुप्ताले मानीसको संख्या वढेसँगै रगतको माग पनि वढ्ने प्राकृतीक नियम भएकाले सवै संस्थाहरुले सकेसम्म यस्ता कार्यक्रमहरुको आयोजना गर्नु पर्ने धारणा राखे । उनले दिनानु दिन अस्पतालको वृद्धिसँगै अस्पतालहरुले दिने सेवामा पनि वृद्धि हुदा रगतको माग वढेको धारणा राखे । उनले भने–“रगतको अभावमा कोहि कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्धेश्यले हामीले यो काम गरेका हौं ।” पवित्र सेवा भावले आयोजना गरिएको कार्यक्रमहरुले सामाजिक सस्थाहरुको गरिमा बढाउन मद्दत पुग्ने पनि उनको धारणा थियो ।

कार्यक्रममा संस्थाका वरिक्ष्ठ उपाध्यक्ष कृष्ण मुरारी आचार्य वनमालीले काठमाण्डौमा दैनिक जसो रगतको अभाव भएकाले कती विरामीको ज्यान खतरामा परेको भन्दै कास्कीमा त्यस्तो अवस्था आउन नदिन सवै सचेत हुनु पर्ने धारणा राखे । उनले भने–“हामी देखाउनका लागि मात्रै होईन साच्चीकै काम र सेवामा समर्पीत हुन जरुरी छ ।” १८ देखी ६० वर्ष भित्रका सवै व्यक्तिले रगत दान गर्न मिले पनि जनचेतनाको कमीले सवैले रगत नदिएको पनि उनको भनाई छ । उनले सवैमा रक्तदानको सन्देश पु¥याउन जनचेतनाको जरुरी रहेको पनि उनले वताए ।
कार्यक्रममा लेखनाथ हार्डवयर एशोसियसनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराईले यस्ता खालका सामाजिक कार्यहरुले व्यवसायीहरुमा सामाजिक सेवा भावको विचारमा विकास गर्ने धारणा राखे । उनले समय समयमा यस्तै खालका कामहरु गर्दा सवै व्यवसायीहरुमा एकताको भावना सृजना हुने पनि वताए ।

कार्यक्रम संचालक तथा संस्थाका महासचिव पृथ्वी राज शर्मा तिमिल्सेनाले कार्यक्रमको वारेमा जानकारी गराउदै संस्थाले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा यस्तै खालका दर्जनौ सामाजिक काम गरिरहेको जानकारी दिए । उनले यो वर्षलाई हार्डवयेर एशोसियसनले विषेश वर्षको रुपमा लिएर काम गरेको पनि जानकारी दिए । कार्यक्रममा ५१ औ पटक रक्तदान गर्ने रक्तदाता तीर्थराज अवस्थीलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     8:32:58 PM

Tara Chapagain

See all posts by