ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम सञ्चालन गर्ने

पोखरा १६ मंसीर
ग्लोवल आइटी एजुकेशन अमरसिहं चोकले यहि पौष २ गतेबाट इथिकल ह्याकिङ समबन्धि तालिम दिने भएको छ । सुचना र प्रबिधिको बिकास सगै चुनौती पनि थपिदै गएको बेला यसको निवारणको गर्न यस्तो तालिम आवश्यक रहेको कम्प्युटर एशोसियन महासंघ क्यान कास्कीका सचिव तथा ग्लोवल आइटीका संचालक बिकास भुर्तेलले बुझाइ छ । उनले दिनप्रतिदिन बढ्दै गएको साइवर अपराधका घटनाहरुलाइ न्युनीकरण गर्न पर्ने बताए

पोखरामा आइटी समबन्धि कलेजहरु सञ्चालनमा आएपनि ब्यावसायिक रुपमा आइटीले फड्को मार्न नसकेको भुर्तेलको भनाइ छ । पौष २ गतेबाट सञ्चालन गर्ने तालिममा उपस्थितलाइ ५ समुहमा बिभाजन गरि करिव १ सय २५ जनालाइ तालिममा सहभागी गराउन सकिने र नेपालकै प्रख्यात साइवर सेक्युरिटी समबन्धि काम गरिरहेका इथिकल ह्याकर नरेश लामगादेले तालिममा प्रशिक्षण दिने बताउदै, सुचना तथा प्रबिधिको क्षेत्रमा चासो लिने सगै आइटी बिधार्थी तथा अफिसरहरु निकै प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।

कम्प्युटर एशोसियन महासंघ कास्कीका अध्यक्ष युवराज पौडेललले प्रविधिको बिकास सगै ग्लोवल आइटीको ज्ञानका बिभीन्न कोर्षहरु सञ्चालन गर्न लागेकोमा सफलताको शुभकामना दिदै पोखरा स्र्माट सिटीको रुपमा बिकास गर्न आइटी क्षेत्रको निकै महत्व रहेको बताए ।
कम्प्युटर एशोसियन महासंघ क्यान कास्कीका सदस्य सुनिल पाण्डेले साइवर समबन्धि अपराधिक घटनाहरु बढिरहेको बताउदै साइवर सेक्युरिटी समबन्धि इथिकल ह्याकिङ तालिमलाइ कम्प्युटर समबन्धि ज्ञान हुने जो कोहिले पनि लिन सक्ने बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     7:29:15 PM

Tara Chapagain

See all posts by