वाम पन्थी वलियो हुदाँ लोकतन्त्र सुदृढ

पोखरा,१५ मंसिर
सयुक्त वाम गठबन्धन पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६को वृहत कार्यकर्ता भेला शुक्रबार भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संगठित सदस्यहरुलाई केन्दीत गरी भएको भेलाले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन सक्रियता पूर्वक लाग्ने निर्णय गरेको एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा वडा इञ्चार्ज कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य प्रो डा भरतराज पहारीले दक्षिणपन्थी शक्तिहरु लोकतान्त्रीकको नाममा शासन गर्ने दिन सकिएको बताए ।

नेपालका वाम पन्थीहरु साँचो अर्थमा लोकतान्त्रिक भएको दावी गर्दै उनले नेपालमा दक्षिण पन्थीहरुको औचित्व समाप्त भएको उल्लेख गरे । नेपालमा वामपन्थी शक्ति वलियो भए मात्र लोकतन्त्र सुदृढ भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस वलियो हुदाँ २०१५ र २०५८मा प्रजातन्त्र खोसिएको उदाहरण पेश गरे ।

उनले कांग्रेसले नेतृत्व गर्दा राष्ट्रियता र लोकतन्त्र कमजोर भएको दावी समेत गरे । उनले प्रतिनिधी सभा तथा प्रदेश सभा तर्फ कास्की क्षेत्र नम्बर ३का वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
भेलामा वाम गठबन्धन क्षेत्र नम्बर ३को प्रदेश सभा २का सह संयोजक अग्नी कंडेल, वाम गठबन्धन निर्वाचन परिचालन समिति पोखरा ६का संयोजक भीमसेन भुजेल, सह संयोजक नर्मदा कंडेल लगायतले वाम गठबन्धनलाई जिताउन प्रगतिशिल, देशभक्त र लोकतान्त्रिक समुदाायसंग अपिल गरे ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४     9:30:31 PM

Tara Chapagain

See all posts by