३१ वर्षपछि सांसद थापा कारागार पुगे, संरचना उही, अनुहार र सजाय भोग्ने मात्रै फेरिए

आइतवार, पुस १६, २०७४

एकराज गिरी

पोखरा १६ पुस । भवन, छानो र संरचना उही । थियो रगंमात्रै परिर्वतन अनि अग्लो पर्खालले घेरिएको थियो । खुल्लाचौर सिमेन्टेड । त्यहाँ बस्नेका अनुहार फरक थिए । ३१ वर्ष अघि र अहिलेका बन्दीको सजायको प्रकृति अलग । उबेला राजबन्दी अहिले थरिथरिका अपराधका बन्दी । ३१ वर्ष अघिको बन्दी जीवन र अहिलेको बन्दी जीवनमा खासै परिर्वतन छैन् आइतबार जिल्ला कारागार कास्कीमा पुगेका सांसद कृष्ण थापाले भने–‘३१ वर्ष अगाडी विताएको बन्दि जीवनको यादले आज यहाँ आउन मन लाग्यो ।’

थापाले विगतको सम्झना गदै भने भर्खरको युवा थिए, पंञ्चायति शासन विरुद्ध र प्रजातन्त्रको माग गदै गर्दा तत्कालनी शासकले यही ल्याएर थुने उनले थपे–‘मेरो डाक्टर बन्ने चाहना थियो तर राजनीतिमा होमिए ।’ एमाले कास्कीका अध्यक्ष समेत रहेका थायाले भने,‘पंञ्चायति शासन विरुद्ध लडनु, त्यहिबेला ठूलो अपराध मानिन्थ्यो र शान्ति सुरक्षा अन्र्तगत जेल परियो र यहाँ बसेर बन्दी जीवन बिताए ।’ थापालाई ३१ वर्षपछि कारागारको याद आयो र आइतबार त्यहाँ पुगे अनि बन्दीहरुसंग भेटघाट र त्यहाँको निरिक्षण गरे । थापाले अग्रेजी नयाँ वर्षको अवसरमा कारागारमा रहेका कैदीबन्दीलाई खाजा खुवाउने कार्यक्रम आयोजना गरेर त्यहाँ पुगेका थिए ।

उनले निरिक्षण मात्रै गरेनन् बन्दीहरुलाई चियापान र खाजा खुवााए । उनी त्यहाँ पुग्दा निकै भावुक देखिन्थे र भने –‘तपाईहरु पनि जिम्मेवार नागरिक हुनुहुन्छ, मानिसबाट गल्ती हुन्छ तर सुधार गर्नुपर्छ । भविष्यमा असल नागरिक बन्नुपर्छ ।’ उनले विगतलाई सम्झिदै बन्दीहरुसंग जेल जीवन कठिन हुने बताए । ‘तपाईहरु लामो समदेखि जेल जीवन विताउनु भएको छ तर मैले कास्की, गोरर्खा र दमौली गरेर २९ महिना जेल जीवन बिताएको हुँ, तपाईहरुको पिडा मलाई थाहा छ ।’ उनले आफनो पालामा समाचार सुन्न, पढन र मोवाइ चलाउन त परैको कुरा बोल्न पनि नपाइने बताए । उनले कारागारमा बस्दा फिल्टर किन्ने र नकिन्ने वीचमा बन्दीहरु वीच विवाद हुदाँ भोटिङ गरेको समेत बताए । त्यसछि थापालाई गोरखा जेलमा सारियो, त्यसपछि दमौली जेलमा राखियो । थापाले गोरखा कारागाराको बसाई कठिन भएको बताए । ‘गोरखा जेलमा नउभिन मिल्ने न सुत्न मिल्ने, पंञ्चायति शासकले बनाएका जेल सुरुङ जस्ता थिए ।’

उनले अहिलेका बन्दीहरुलाई सहज रहेको बताए । अहिले पत्रपत्रिका पढन पाइने, टेलिभिजन हेर्न पाइने लगायतका सुविधा रहेको भएपनि अझै सुविधा सम्पन्न र ब्यवस्थित गर्नुपर्ने खाँचो औल्याए । उनले कारागारलाई यातना गृह हैन, सुधार गृहका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए । ‘कारागार यातना गृह हैन, सुधार गृहमा परिणत गरेर सम्मानजनक जिवनयापन गर्न सक्ने बनाउनुपर्छ ।’ सांसद थापासंगै कारागार पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले पनि बन्दीगृह यातनागृह नभई सुधकारगृह बन्नुपर्नेमा जोड दिए । ‘यहाँ संरचना २०४६ सालकै छ, यसलाई सुधारगृह कसरी बनाउने भन्ने विषयमा समन्वयकारी भुमिका निर्वाह गर्नेछु ।’ उनले आफु पाँच महिना जेल जीवन विताएको स्मरण गदै यातनागृह नभई सुधारगृह बनाउन आवश्यक रहेकोमा जोड दिए । कास्की जिल्ला कारागार प्रमुख हरिप्रसाद गौतमले अहिलेसम्म बन्दीहरुको सिदा बढन नसकेको बताउदै त्यसका लागी पहल गरिदिन आग्रह गरे ।

प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     8:38:43 PM

Tara Chapagain

See all posts by