गण्डकी जग्गा तथा आवास बिकास संघ द्धारा सासंद बिन्दुकुमार थापालाइ बधाइ

पोखरा , १६ पुष ,
तारा चापागाई
पोखराको सिर्जनाचोकमा रहेको गण्डकी जग्गा तथा आवास बिकास संघले प्रदेश सांसद बिन्दु कुमार थापालाई बधाई तथा सम्मान गरेको छ । गण्डकी जग्गा तथा आवासका अध्यक्ष अरुणस्तोम त्रिपाठी थापालाई अबिर तथा माला लगाएर बधाई तथा सम्मान ज्ञापन गरेका हुन ।

बधाई कार्यक्रममा बोल्दै सांसद तथा गण्डकी जग्गा तथा आवासका सल्लाहाकार समेत रहेका बिन्दु थापाले जग्गा ब्यावसायिक समस्यालाइ निराकरण गर्ने निति निर्माण , कित्ताकाट समबन्धि समस्या तथा झन्झटिलो कार्यलाइ समायानुकुल बनाउने जस्ता कार्यमा सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्याक्त गरे ।

कार्यक्रममा अध्यक्ष अरुणस्तोम त्रिपाठी निर्वतमान अध्यक्ष अर्जुन पोख्रेल, उपाध्यक्ष नवराज पौडेल ,सचिव कमल बस्नेत, कोषाध्यक्ष लेखराज हमाल लगायतले सांसद थापालाइ उदाहरणीय कार्य गरेर देखाउन आग्रह गर्दै बधाइ तथा सम्मान ज्ञापन गरेका थिए । थापा कास्की क्षेत्र नं २ को ख बाट नेपाली काग्रेसको तर्फबाट प्रदेशसभा सदस्यबाट बिजयी भएका थिए । सस्थाका महासचिव शिवराज आर्चायले संचालन गरेको कार्यक्रममा स्वागत निर्वतमान अध्यक्ष अर्जुन पोख्रेलले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     7:24:00 PM

Tara Chapagain

See all posts by