गण्डकी मिनि मार्केट द्धारा प्रदेश सांसद बराल र कोइराला लाई स्वगात र बधाई

पोखरा, १५ पुष

पोखराको नयाँबजारमा रहेको गण्डकी मिनि मार्केटले प्रदेश सांसद रामजी बराल (जिवन) र दीपक कोइराला (रुपक) लाई भब्य स्वागत एवं बधाई ज्ञापन गरेको छ ।मार्केटका अध्यक्ष बम बहादुर कार्की , उपाध्यष सन्तोष सोनामले अविर र माला लगाएर शुरु भएको स्वात र बधाईमा मार्केटका सवै ब्यबसायीले लगाएको मालाले सांसाद अनुहार पनि मालाले छोपीएको थियो ।

कार्यक्रममा बोल्दै पदेश सांसद रामजी बराल(जिवन)ले फुटपाथमा ब्यबसाय गरेरे गुजरा चलाउदै आएका साना ब्यबसायी लाई सरकारलेनै उचिकत ब्यबस्थापन गर्नुर्ने मागगर्दे आन्दोलन गर्नुपरेको स्मरण गर्नुभयो । बरालले बजार ब्यबस्थापन गर्नेकाम राज्यको भएको कृषि विकास बैक लाई ब्यबसायी लाई नतरर्साउन आग्ह गर्नुभयो । ५ बर्ष अगाडि देखि ब्यबसाय गर्दे आएका ब्यपारीको ठुलो लगानी भएको अन्यकुनै ठाँउमा ब्यबस्थापन नगरी हटाउन नहुनेमा आफुहरुको साथ रहेको बताउनुभयो ।

अर्का प्रदेश सांसद युवा नेता दीपक कोइराला(रुपक)ले आफुहरु लाई काम गर्नको लागि जनताले जिताएको बताउदै काम गरेरे देखाउने बताउनु भयो । कोइरालाले ब्यबसायी लाई प्रदेश सांसदको तर्फबाट सहयोगको लागि पहलगर्न तयार रहेको बताउनुभयो ।काकर्यक्रममा बजारको उपाध्यक्ष सत्तोष सोनाम , सचिव दिनेश दाहाल , मार्केटका अध्यक्ष बम बहादुर कार्कीले सांसदहरु लाई उदारणीय कार्य गरेर देखाउन आग्रह कगर्दे सुसानको कुरामा जोड दिनुभयो ।

प्रकाशित मितिः शनिबार, पुस १५, २०७४     8:09:09 PM

Tara Chapagain

See all posts by