ह्याप्पी न्यू इयर समिक्षा : अभिनयमा ‘कुशल’ कर्म

काठमाडौं । शुक्रबारबाट नेपालभर रिलिज भएको छ, नेपाली फिल्म ‘ह्याप्पी न्यू इयर’ । अष्ट्रेलियामा रहेको नेपाली समुदायभित्रका संघर्षशिल युवायुवतीको प्रेम र त्यसको त्रिकोणात्मक पक्षलाई फिल्मको कथाले उठाउन खोजेको छ । फिल्म भनेको मनोरञ्जनसहित सूक्ष्म विषयको खुलासा पनि हो । ह्याप्पी न्यु इयरले विदेशी भुमिमा नेपाली समुदायको मनोरञ्जन, सेलिब्रेसन र प्रेमको सुक्ष्म प्रयोग गरेको छ । यसैको अन्तरनीहित कथाको एउटा पक्ष ‘न्यु इयर सेलिब्रेशन’को रहस्यलाई समेत बनाउने कोशिश भएको छ । बाँकी थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

कुशल थापा (सत्कार) र सन्ध्या केसी (प्राप्ति)को प्रेम, पुकार गौतम (मिलन)को प्रवेशपछि हुने घटनाक्रममा फिल्मको कथा उनिएको छ ।

त्रिकोणात्मक प्रेमकथाको उतारचढावमा फिल्म बनेको छ । कहिँकतै पटकथामा स–साना कमजोरी देखिएपनि समग्रमा फिल्म हेरून्जेल दर्शक मोनोटोनश भने हुँदैनन् ।

फिल्मको कथाबस्तु युवाको अहिलेको अवस्थासँग नजिक छ । स्टारकास्टको व्यापक सहभागीता नभएपनि अभिनयमा ‘स्टार’को जन्म गराउने कोशिश भएको छ । निर्मातासमेत रहेका अभिनेता कुशलले ह्याप्पी न्यू इयरमा अभिनयको दक्षतालाई प्रस्तुत गरेका छन् । यहि फिल्मको सवैभन्दा सबल र बलियो पक्ष पनि हो । नयाँ कलाकार पुकार, सन्ध्याको अभिनय पनि प्रशंशालायक छ ।

फिल्ममा पात्रहरूको प्रवेश र परिचय गराउन सूक्ष्म हिसाबले मिहेनतमा चुकेको देखिएपनि कथाको तारतम्यममा भने फिल्म चुकेको छैन ।

अष्ट्रेलियामा छायांकन गरिएका कारण फिल्मका दृश्य र प्राविधिक पक्ष सबल छन् । पुरै फिल्म विदेशी भुमिमा छायांकन भएको पहिलो भएका कारणले पनि केही नयाँपन देख्न सकिन्छ । निर्देशक देवकुमार श्रेष्ठले त्रिकोणात्मक प्रेमकथाभित्र आउनसक्ने घटनाक्रमलाई सस्पेन्सका रूपमा पनि जोडेका कारणले फिल्म औसतभन्दा माथि बनेको छ । फिल्मको सांगितिक पक्षलाई निर्माण टोलीले मिहेनत गरेका छन् । व्यावसायीक दृष्टिकोणले निर्माण गरिएपनि फिल्मको नाट्य शैली वियोगान्तसम्म उनिएका कारण फिल्म यो फिल्म हेर्न लागि दर्शकले खर्च गरेको रकम खेर जाँदैन ।

फिल्म प्रचारका क्रममा अभिनेता निर्माता कुशलले गरेका केही कामको आलोचना भएपनि फिल्म हेरिसकेपछि वास्तवमै उनको अभिनयले उनलाई चर्चाको शिखरमा उभ्याउन कुनै कसर भने छाडेको छैन ।

प्रकाशित मितिः शनिबार, पुस १५, २०७४     7:59:22 PM

Tara Chapagain

See all posts by