सफल राष्ट्रिय व्यापार मेला र मोवाईल मेलाको तयारी तिब्र,८५ प्रतिशत स्टल वुकिङ

यसपटक व्यापार मेला सँगै दोस्रो मोवाईल मेला समेत हुने भएको छ । मोवाईल मेलामा विभिन्न १२ देखी १५ वटा व्राण्डहरुको प्रदर्शनी राखिने भएको छ ।मेलाको तयारी तिव्र पारिएको र ८५ प्रतिशत स्टल वुकिङ भईसकेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । मेला सम्पन्न गर्न पालिखेको अध्यक्षतामा मूल समारोह तथा कार्यसम्पादन समितिसहित २७ वटा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापारिक मेला, हस्तकला कृषि, पुष्प, अटो मेला रहेको छ । त्यस्तै गरि सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका छन् । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु मेलामा समावेश गरिएका छन् । मोवाइल तथा इलेक्टोनिक्स सामानहरुको बृहत प्रदर्शनी , पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुले मेलामा प्रदर्शन गर्ने रोबोटिक हन्ड्रेड हाउस ( भूत घर ) पनि मेलाको थप आकर्षण रहने संघका महासचिव दामु अधिकारीले जानकारी दिए ।

मेलामा करिब २ सय ८० वटा स्टल रहने छन् । तीमध्ये डोममा ७८, रेष्टुरेष्ट १२, अटो ४५, मेड इन नेपाल पेभेलियनमा १०, पोखराका उत्पादन,पर्यटन ,कृषि तथा हस्तकलामा ४०, प्mलोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहने छन् । मेलाको २ लाख दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । संघले आफनो आन्तरिक स्रोत र यसअघीका मेलाबाट भएको आम्दानी सदुपयोग गर्दैै मेलास्थलमा आकर्षक डोम (ज्बलनभच) निर्माण गरेको यहाँहरुलाई अवगत नै छ ।

पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग ,सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन तथा नेपाल पर्यटन वोर्ड तथा ग्लोवल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको हो । मेलामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड प्रालिको हरपल चामलको सहप्रायोजन र विजय डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ठ प्रायोजन रहेको रहेको छ । यसैगरी,पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी मिडिया पार्टनर रहेको मेलामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक रहेको छ । अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्ट पोखरा यो मेलाको अफिसियल होटल रहेका छन् ।

 

प्रकाशित मितिः शनिबार, पुस १५, २०७४     7:02:50 AM

Tara Chapagain

See all posts by