पोखरा, १० पौष,
पोखरा लायन्स अफ माछापुच्छ्रे् भिलेजले पारिवारिक बनभोज कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
लायन्स अफ माछापुच्छ्रे्र भिलेजका अध्यक्ष तिर्थराजले पोखराको बिभीन्न पेशा ब्यवसायमा आबद्ध भइ ब्यस्तताको कारण परिवारको सदस्यसंग रमाइलो गर्ने अवसर कमै मिल्ने हुदा, साथीभाइ पारिवारिक भेटघाट तथा लायन्समा आवद्ध सदस्यहरु बिच परिचात्मक एवं वनभोज कार्यक्रमको आयोजना गरेको बताए ।
जोन चियर पर्सन तथा पोखरा लायन्स अफ माछापुच्छ्रे्र भिलेजका संस्थापक अध्यक्ष शिवराज आर्चायले कामको ब्यस्तताको बावजुद पनि समय निकालेर बनभोज कार्यक्रममा सरिक भएकोमा उपस्थित सबैलाइ धन्यबाद दिदै भरपुर आन्नद लिन आग्रह गरे ।
लायन्स क्लव अफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापाले पारिवारिक बनभोज कार्यक्रमले सबैलाइ एकिकृत गरि एक अर्कोप्रतिको समबन्धलाइ प्रगाढ बनाउन सहयोग गरेको बताइन ्।
लायन्सका अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थितलाई लायन्स क्लव अफ माछापुच्छ्रे्र भिलेजका द्धितीय उपाध्यक्ष शोमाकान्त पौडेलले खादा लगाएर स्वागत गरेका थिए ,भने कार्यक्रमको संचालन लायन्सका सचिव बिजय पहारीले गरेका थिए ।