मंसिर १५ गते र पुष १० गते सार्वजनिक बिदा

काठमाडौं, मंसिर १४ ,

सरकारले मंसिर १५ गते इस्लाम धर्मका धर्म गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै क्रिसमस डेका अवसरमा पुष १० गते (डिसेम्बर २५ तारिख) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । दुबै दिन नेपालभरिका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा पनि बिदा हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४     6:32:21 PM

Tara Chapagain

See all posts by