कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बम विष्फोट

१२ मंसिर, भद्रपुर ।

नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।

झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको अनलाइनखबरलाई जानकारी दिए गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए ।

बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउसमेत गरेको झापा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।

 अनलाइनखबर
प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     8:18:06 AM

Tara Chapagain

See all posts by