लायन्स कलवअफ डायमन्ड भिलेजले वेदविद्याश्रममा खाधन्न सामाग्री बितरण

लायन्स क्लव अफ डायमण्ड भिलेज पोखराले स्याङजा आधिखोला गाउँपालिका चिलाउनेबास २ मा अवस्थित श्री गुरुकुल वेद विधा आश्रमलाइ खाधन्न सामाग्री सहमयोग गरेको छ ।

लायन्स क्लव अफ डायमन्ड भिलेजका अध्यक्ष कन्चन थापाले गुरुकुल वेद विधा आश्रममा प्रं अ रामचन्द्र तिमील्सिीना लाइ दाल, चामल, नुन, तेल, तरकारी, मैदा, चिनी लगायत ८०हजार बरावरको सामाग्रीहरु हस्तान्त्रण गरेकी थिइन् । संस्कृत भाषाको लोप हुँदै गएको भाषा संरक्षण गनुपर्ने बताईन ।’

लायन्स क्लव अफ माछापुच्छ्रे भिलेजका संस्थापक अध्यक्ष जोनचियर पर्सन लायन शिवराज आचार्यले संस्कार र संस्कृती हराउदै गएको बेलको विद्यालयले महात्वपुर्ण कार्य गरेको धारणा राखे । उनले विद्यालय धेरै कमजोर रहेतापनि दिएका शिक्षाले महान मानिस बन्ने धारणा समेत राखेका छन् ।

अहिलेका युवाहरु कुलत र विसंगितिमा लागेका बताउदै उक्त विद्यालयमा ज्ञान लिने विद्यार्थी नराम्रा कार्यमा नलाग्ने धारणा राखे । आँदिखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरुले उक्त विद्यालय गाउँको गहनाको रुपमा रहेको कारण संरक्षणको खाचो रहेको बताए । गाउँमा धर्म र संस्कृतिको संरक्षण विद्यालयले टेवा पुयाएको बताए ।

गुरुकुल वेद विधा आश्रममा प्रं अ रामचन्द्र तिमील्सिीनाले कार्यक्रममा स्वागत गर्दै विद्यालयको आम्दानीको श्रोत केहि नभएको बताए । , उनले भने , खाना खुवानको लागि विद्यालयका कार्यसमितिले पुजा गर्दा ल्याएको चामलको प्रयोग गर्दछन् । विद्यार्थी ले कहिले खाजा खान्छन् त कहिले खादैनन् । महिनामा लागभग ४० हजार खाना र खाजामा खर्च लाग्ने तिमिल्सिनाले बताए । उनले विद्यालयको आम्दनी नहुदा विद्यालय संञ्चालन गर्नको लागि नै पुजा गर्दा उठाएको चामल खुवाउन बाध्य भएको सुनाए ।

संस्कृती संरक्षण गर्न लाग्दा आफूअरुलाई कष्ट भोग्नुपरेको उनको भनाई छ । कार्यक्रममा लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेज प्रथम अध्यक्ष पवित्रा न्यौपाने, लायन्स शोभकान्त पौडेल, लायन्स तिर्थराज आचार्य, विद्यालयका शिक्षक रमेश पौडेल लगायतले भनाइ राखेका थिए । लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेज सचिव  लक्ष्मी कोइरलाले कार्यक्रम संञ्चालन गरेकी थिईन ।

 

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     10:34:04 AM

Tara Chapagain

See all posts by