निर्वाचनलाई लक्षित गरी पोखरा १० मा स्वास्थ्य परिचालन कमिटी गठन

पोखरा ७ कार्तिक ,

पोखरा लेखनाथ १० मा निर्वाचन प्रचार प्रसार र मतदानमा सहभागी हुने मतदाताको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी ९ सदस्यीय स्वास्थ्य परिचालन उपसमिती गठन गरिएको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख गंगा कुंवरको संयोजकत्वमा संयुक्त बाम गठबन्धन स्वास्थ्य परिचालन उपसमितीको बिहीबार सम्पन्न बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने मतदाता तथा कार्यकर्तालाई लक्षित गरी चिरन्जीवि तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्यीय मुल कमिटी रहने गरी ३ सय ३३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

जसको सह संयोजकमा नवराज अधिकारी, सचिवमा शुक्रराज कंडेल र सदस्यहरुमा कलाधर पौडेल, ऋषि पौडेल, अर्जुन क्षेत्री, बसन्त नाथ भट्टराई, विष्णु अधिकारी र राम बहादुर बल्कुटी रहेका छन । त्यसैगरी सल्लाहकार हरुमा गंगा कुंवर, मिन बहादुर गुरुङ, चेत बहादुर गुरुङ, विष्णु भण्डारी, डाक्टर दिपक कोइराला, डा.दिनेश बिक, डा. ढाका कुमार श्रेष्ठ, डा. धु्रव अधिकारी, डा. होम प्रसाद न्यौपाने, डा. डुक बहादुर क्षेत्री, डा. कृष्ण कोइराला, डा. बुद्धि बहादुर थापा, डा. बुद्धिराज गुरुङ र राम बहादुर केसी रहेका छन ।
बैठकमा नेकपा एमालेको राष्ट्रिय स्वास्थय कर्मी संघ र नेकपा माओवादी केन्द्रको अखिल नेपाल प्रगतीशिल स्वास्थ्यकर्मी संघका पदाधिकारीहरुको सभागीता रहेको थियो । यसैविच मंसिर ९ गते पोखराको अमरसिंह चौरमा आयोजना हुने संयुक्त बाम गठबन्धनको बृहत आम सभालाई प्राथमिक उपचार सेवा सञ्चालन गर्न ३३३ सदस्यीय कास्की जिल्ला स्तरिय स्वास्थ्य परिचालन कमिटी समेत गठन गरेको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०७४     6:33:36 PM

Tara Chapagain

See all posts by