पोखरा ५ मंसिर,
कास्की निर्बाचन क्षेत्र न २ बाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार रबिन्द्र अधिकारि लाइ उनको जन्म ठाउ पोखरा लेखनाथ महानगरपालिका वडा न ३३ भरत पोखरीमा भब्य स्वागत गरियको छ।
.
उनि जन्मिएको स्थान साबिक भरत पोखरी गा बि स मा सयौको संख्यामा रहेका भरतपोखरी बासीले बाजा गाजा सहित स्वागत गरेका हुन्। उनि लगायत प्रदेस सभा कास्की क्षेत्र न २ (१ ) का उम्मेदबार कृष्ण थापा ,समानुपातिक उम्मेदबार भिम कार्की ,श्रीजना शर्मा लगायत लाइ बिजयी गराउन आफु हरु प्रतिबद्ध रहेको स्थानीय बासि हरुले प्रत्रिकृया दिएका थिए।आफु हुर्के बढेको ठाउले सधै आफुलाई शक्ति र प्रेरणा दिईरहेको र यस पालि सो सामर्थ्यको बलमा थप जिम्मेबारी दिनेमा आफुलाई बिस्वास रहेको अधिकारीले बताए। उनले कुनै वहाना र शक्तिले अब बामपन्थीहरुको एकता लाइ नरोक्ने भन्दै अब बन्ने सरकार बहुमत सहित बामपन्थीको हुने भन्दै सम्बृदी सोहि सरकारबाट मात्रै सम्भब हुने जिकिर गरे ।
प्रदेस सभा कास्की क्षेत्र न २ (१ ) का उम्मेदबार कृष्ण थापाले कसैको पनि आशा गर्नु पर्ने परिस्थितिको अन्त्य गर्दै स्वाभिमानी नेपालि ,सम्बृद नेपाल निर्माण गर्न गठबन्धन बनेको बताउदै सो को लागि आफुहरु निरन्तर क्रियाशील रहने बताए ।दुइ पटक सांसद बनिसकेका रबिन्द्र अधिकारि सो ठाउमा पटक पटक जाने गरेको भए पनि आसन्न निर्बाचनमा उम्मेदबार बने पछी पहिलो पटक पुग्दा निकै उत्साहित बनेका उक्त ठाउका बासिन्दाले अब उत्कृस्ट सांसदमात्रै हैन एक प्रभावशाली र सफल मन्त्रीको रुपमा देख्न चाहेको स्थानिएहरुले प्रत्रिक्रिया दिएका छन।्
देसकै रास्ट्रीय नेताको पहिचान बनाइसकेका अधिकारीलाई आफुहरुले देसकै निर्णायक ठाउमा देख्न चाहेको स्थानीय जगत खड्काले बताए।बिकासका रास्ट्रीय अभियन्ता भन्दै सो ठाउका बासिन्दाले उनीलाई शुकामना दिएका थिए ।भेटघाट गर्ने क्रममा अधिकारीले आज उक्त वडाका ठुला पाखा ,शान्ति टोल, भगबती चौतारा ,कालिका स्थान लागायतका ठाउहरुमा जना साक्षात्कार गरेका छन्। सोहि क्रममा अधिकारीले पोखरा लेखनाथ २० मा पनि मंगलबार नै भेटघाट एबम शाक्षात्कार गरेको बताइएको छ ।