देश जोगाउने काम कम्युनिष्टको काँधमाःकिरण गुरुङ

आरके पोख्रेल
मंसिर ४÷तनहुँ ।
देशको स्वाभिमान बचाउँदै देश जोगाउने काम कम्युनिष्टको काँधमा आएको पुर्वमन्त्री किरण गुरुङले दाबी गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार गुरुङले अब अन्य कुनै राजनीति दलले देशको स्वाभिमान जोगाउन नसक्ने ठोकुवा गरे ।

तनहुँ भिमाद नगरपालिकाको वडा नम्बर २ मा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रदेश नम्वर ४ का मुख्यमन्त्रीका दावेदार समेत रहेका गुरुङले यो चुनाव देश बेच्ने र देशको रक्षा गर्नेको बिचको भएको भन्दै देश बेच्नेहरुलाई जनताले सजाय दिने बताए । अब नेपाली जनताले मताधिकार प्रयोग गर्दा देशलाई सम्झिएर गर्नुपर्ने उनको भनाई थियो ।

पूर्वमन्त्री समेत रहेका गुरुङले काँग्र्रेसको पालो सकिएको बताउँदै काँग्रेसबाट अब विकासको आशा गर्नु बेकार भएको बताए । पदको लागि विदेशीसँंग लम्पसार पर्नेहरुको दिन समाप्त भएको बताउँदै उनले देश निर्माणको लागि नै बामपन्थीको एकता भएको बताए । कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य भक्त रसाइली, एमाले प्रदेश ४ सल्लाहकार सदस्य विश्वबन्धु भण्डारी, भिमाद नगरपालिकाका मेयर मेख थापा, एमाले सचिबालय सदस्य हरिराज कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४     6:12:14 PM

Tara Chapagain

See all posts by