सहि पार्टी र नेता नहुनाले देश भुमरीमाः जगत विश्वकर्मा

मोतिसागर अधिकारी
पोखरा, ४ मंसिर ।
कास्कीको क्षेत्र नं ३ का प्रतिनिधी सभाका वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले विगतका चुनावमा जनताले सहि पार्टी र नेता नछानेकै कारण अहिले सिंगो देश नै भुमरीमा परेको बताएका छन् । वाम गठबन्धनको चुनावी अभियान अन्तर्गत सोमवार अन्नपूर्ण गाउँपालिकाको दाङसिङको मोहोरियामा आयोजित चुनावी सभामा उनले नौ÷नौ महिनामा सरकार फेरिएकाले देश विकास नभएको बताउँदै अव बन्ने वाम गठबन्धनको सरकार स्थायी हुने बताए ।

उनले दुई तिहाई बहुमत सहितको वाम गठबन्धनकोे स्थायी सरकारले देशमा विकासको ढोका खोल्ने भनाई राखे । त्यसकारण पनि वाम गठबन्धनका साझा उम्मेदवारलाई सुर्य र गोलाकारभित्रको हसियाँ हथौडामा मत दिन उनले आग्रह गरे ।अहिले संविधानमा नमिलेका कुराहरुलाई पनि मिलाएर जनताका भावना र इच्छालाई बुझेर अगाडी बढ्ने प्रतिबद्धतासहित केन्द्र र प्रदेशबाट घोषणापत्रमा राखिएका कुरालाई पूरा गर्ने उनको भनाई थियो ।

उनले अहिले कसलाई प्रधानमन्त्री, मन्त्री र सांसद बनाउने भन्ने निर्वाचन नभएकोले अवको उद्देश्य भनेको समृद्ध नेपाल बनाउने रहेको बताए ।कार्यक्रममा बोल्दै अर्का उम्मेदवार राजिव पहारीले आफु फेवातालको काखमा जन्मिएको र अन्नपूर्णसँग जोडिएर समग्र पोखराको आर्थिक विकासमा लाग्ने विश्वास दिलाए । पर्यटकीय क्षेत्र घान्दु्रकमा उच्च शिक्षा, मोटर बाटो लगायतका पूर्वाधार विकासका लागि पर्ने उनकोे भनाई थियो ।

कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार सीता गिरी ओलीले यस क्षेत्रको कृषि, पर्यटन, सडक निर्माण लगायत विकास निर्माणाका कार्यहरुमा भरपुर सहयोग गर्ने बताईन् ।कार्र्यक्रममा अनेरास्ववियुका अध्यक्ष शेखर गौतम, नेताहरु सुर्य भण्डारी, विवेक देवकोटा, भरत गुरुङ, धर्म गुरुङ, गोविन्द अधिकारी, बुद्धिमान गुरुङ, विष्ण केसी, माधव बास्तोला, सुरेन्द्र गुरुङ लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो

प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४     6:06:46 PM

Tara Chapagain

See all posts by