लायन्स लिडरद्धारा पुस्तकालय निरिक्षण

४ मंसिर,पोखरा
तनहुँ जिल्ला भिमाद नगरपालीका २ टक्रेभञ्ज्याङ स्थित श्री बाल बिकास आधारभुत बिद्यालयमा लायन्स लायन्स क्लब अफ पोखरा पिस सिटीले स्थापना गरेको पुस्तकालय लायन्सका अग्रज लिडरहरुद्धारा आईतवार निरिक्षण भएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको नेपाल लायन्स फाउण्डेशन र लायन्स क्लब अफ पोखरा पिस सिटीको आर्थिक सहयोगमा ग्रामीण भेगका सामुदायिक बिद्यालयमा सुविधा सम्पन्न स्तरिय पुस्ताकालायको स्थापना गर्नेउद्धेश्य अनुरुपलायन बर्ष २०१५÷१६ मा सो पुस्तकालय स्थापना गरेको थियो ।

पुस्तकालय स्थापनाको लागिलायन्स क्लब अफ पोखरा पिस सिटीकोपहलमा श्री बाल बिका आधारभुत बिद्यालयलाई करिव २ लाख रुपैया बराबरको आवश्यक शैक्षिकसाथै भौतिक सामाग्री प्रदान गरेको थियो ।
पुस्तकालयको निरिक्षण गर्र्दैलायन्स मल्टीपलडिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन बालाकृष्ण बुर्लाकोटीले पुस्तकालय स्थापना गर्नु मात्र ठुलो कार्य नभई यसको भरपुर सदुपयोग भएकोमा खुशी ब्यक्त गरे ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल वर्तमान डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यलेलायन्सले कम अवसर प्राप्त जनमानसमा आवश्यकताको पहिचान गरि जहाँ जे जस्तो आवश्यकता पर्छ तत्कालै उक्त सेवा उपलब्ध गराउने लक्ष्य सहितकोे नारा सार्थक बनाउन पिस सिटी सफल रहेको बताए ।

उनले लायन्सले गर्ने मानविय सेवा कार्यमा गरिने गुरणस्तरीय कार्य अन्र्तगत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा स्तरिय सुविधा सम्पन्न पुस्ताकालय सञ्चालन गरि समाजको चेतनाको स्तरलाई उकास्न ग्रामीण बस्तीहरुका बिद्यालय र समुदायमा शैक्षिक समाग्रीहरु बितरण गर्नुरहेको बताए ।
सो अवसरमा पुर्व मल्टीपलमल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर अशोकश्रेष्ठ, द्धित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्साल, डिष्ट्रिक्ट चिफ एड्भाईजर मनबहादुर रोका, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदिपराज ढंगाना, पुर्व अध्यक्ष टंकराज अधिकारी, तृत्तिय उपाध्यक्ष अर्जुन सिग्देल, क्लबका डाईरेक्टर तिर्थराज सुवेदी लायन्स डिष्ट्रिक्टका उच्च पदाधिकारीहरु लगाएत काठमाण्डौ, पोखरा र तँनहु स्थित बिभिन्न २२ वटा लायन्स क्लबका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ईमान सिं थापा र बिद्यालयका प्र अ राम्जी सिग्देललेलायन्सले आफ्नो बिधालयहरुमा स्तरिय पुस्ताकालाय सञ्चालन गरेर समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउदै लायन्सको यस सहयोगको उचित र ब्यवस्थित ब्यवस्थापन गरि आकर्षक पुस्ताकालय बिस्तारमा लाग्ने बताए ।

 

प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४     3:51:12 PM

Tara Chapagain

See all posts by