महायज्ञको तयारी पुरा

२०७४ मंसिर् ४ , सोमबार

हेमजा । पोखरा–२५, हेमजा, सुईखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ गर्न लागिएको श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी पुरा भएको छ ।महायज्ञ भोलीदेखि यहि मंसिर १२ गतेसम्म विद्यालय प्राङगणमा चल्दैछ ।

मंगलवार घट्टेखोलादेखि सर्वेश्वर शिववस्ती टोलसम्मका महानुभावहरु विहान साढे ९ बजे विद्यालयमा जम्मा हुने, सुन्दरपुरी चोकदेखि याम्दीसम्मका महानुभावहरु सवा दश बजे मिलनचोकमा जम्मा हुने र ठीक ११ बजे मिलनचोकबाट कलश यात्रा सुरु गरी विद्यालय परिषर पुग्ने र उदघाटन समारोहमा सहभागि हुने कार्यक्रम शोभायात्रा उपसमितिले तय गरेको छ ।

महायज्ञ सफल बनाउन हेमजा क्षेत्रमा घरदैलो गरिएको छ भने जिल्ला भरीनै विभिन्न सहयोग समितिहरु निर्माण गरिएको छ ।त्यस्तै महायज्ञ स्थल विद्यालयको प्राङगणलाई पनि सजीसजावट गरिसकिएको छ ।जसअन्र्तगत पण्डितहरुको आवास व्यवस्थापन, मण्डव व्यवस्थापन, हेमजा स्थित राजमार्ग क्षेत्रमा पाँच वटा गेट निर्माण गरिएको छ । छिमेकी अन्नपूर्ण तथा माछापुच्छे« गाँउपालिकाका र पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै वडामा सम्पर्क समिति पनि निर्माण भइसकेको छ ।

महायज्ञबाट जमिन व्यवस्थापन गरी पुर्वाधार खडा गर्ने तथा सीपमुलक प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिइएको उप–महासचिव मित्रलाल पौडेलले बताए । यज्ञबाट करिव तीन करोड आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ । सो अवसरमा तुलादान, ग्रहशान्ति, ब्रतबन्ध, रुद्रीपुजा, काल सर्पयोग, विवाह लगायतका कार्यहरु पनि गरिने जनाएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४     1:33:10 PM

Tara Chapagain

See all posts by