लायन्स क्लवअफ पोखरा अन्नपुर्णको बहृत स्वाथ्य शिविर

पोखरा ३ मंसीर
लायन्स क्लव अफ पोखरा अन्नपुर्णको आयोजना तथा फिस्टेल अस्पताल पोखरा तथा इसियु अष्ट्रेलियाको प्रविधिक सहयोगमा पर्वतको मोदि गाँउपालिकामा बृहत स्वाथ्य शिविर समपन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि फिस्टेल अस्पतालका डां भोला श्रेष्ठले क्लवले उदारणीय कार्य गरेको बताए । क्लवका अध्यक्ष अर्जुन पोख्रेलले अन्नपुर्ण क्लवले समाज सेवाका साथै ग्रामिण क्षेत्रका बिभीन्न ठाँउहरुमा गरेको स्वाथ्य शिविरले मानविय सेवामा महत्वपुर्ण भुमिका रहेको खेलेको बताए । उनले यस्तो कार्यले पर्यटन प्रवद्र्धन मा पनि सहयोग पुग्ने बताएका छन् ।

स्वाथ्य शिवीरमा मधुमेह , हाडजोर्नि ,नाक कान घाँटी फिजीशियन , दन्तरोग भिडियो एक्सरे, इसिडि लगायतका परिक्षण गरिएको थियो । शिविरमा ४ सय १ जनाले स्वाथ्य परिक्षण गराएका थिए । बिरामीलाइ अत्यावश्यक औषधि निशुल्क बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्राथमिक बिधालयका १२ जना बिधार्थीलाइ बिधालय पोशाक पठनपाठनका सामाग्री बितरण गरिएको थियो भने बिधालयलाइ आवश्यक पर्ने करिव २ लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको थियो । क्लवका अध्यक्ष अर्जुन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्वअध्यक्ष, वडा अध्यक्ष, डां डर्नर लगायतले लायन्स क्लव अफ पोखरा अन्नपुर्णले समाज सेवामा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । शिविरिको संयोजन क्लवका सदस्य बिष्णु कुमारले गरेका थिए भने कार्यक्रम संचालन क्लवका सचिव दुर्गा जोजाजुले गरेका थिए ।

 

 

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     8:31:24 PM

Tara Chapagain

See all posts by