छोरा प्रकाशलाई प्रचण्ड आफैले दिए दागवती : लाखौं प्रयाश गर्दा पनि सकेनन लुकाउन पुत्रबियोगको पीडा

३ मंसिर, काठमाडौं ।

प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।

 

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     7:29:23 PM

Tara Chapagain

See all posts by