प्रचण्ड राजधानी प्रस्थान, अस्पतालद्धारा दाहाललाई घटनाबारे जानकारी

 

बिर्तामोड, मंसिर ३

छोरालाई हृदयघात भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजधानी तर्फ प्रस्थान गर्नुभएको छ । दाहाल सहित उहाकी छोरी ज्वाई लगायत ५ जना हेलिकप्टरबाट राजधानी उड्नु भएको छ ।

उच्चस्रोतका अनुसार अस्पतालले प्रचण्डलाई प्रकाशको निधन भएको खबर दिएको बताएको छ । बिर्तामोडमा रहनु भएका दाहाललाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आज विहान भेटवार्ता गर्नुभएको छ । भेटमा दाहालले बाकी कार्यक्रम तपाई सम्हाल्नु भन्दै दाहाल विदा भएका थिए । ओलीले दाहाललाई हेलिकप्टरमा समेत चढाउनु भएको थियो । दाहाल र ओली झापामा आयोजित चुनावी सभालाई सम्वोधन गर्न हिजो त्यहा पुग्नु भएको थियो ।जनताटाइम्सबाट

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     9:43:54 AM

Tara Chapagain

See all posts by