गठबन्धनको जितले मात्र सबैको हित ः बराल

लेखनाथ,२मंसिर ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार कोमलनाथ बरालले बाम गठबन्धनको जितले मात्र सबैको हित हुने बताउनुभएको छ ।
राष्ट्र र राष्ट्रियताका सवालमा नेकपा एमाले र माओवादी दुई पाटी भए पनि एउटै मन बनाएर अगाडी वढिसकेकाले बाम गठबन्धनले मात्र देशको बिकास गर्न सक्नेमा जोड दिदै नेता बरालले यो गठबन्धन बैधानिक रुपमा एक भईसकेकाले कार्यकर्ताहरुले चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

साविक लेखनाथका अगुवा कार्यकर्ताको बृहत भेलामा बोल्दै नेता माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा समानुपातीक तर्पmका उमेदवार झलकपाणि तिवारीले समृद्ध नेपाल निर्माणका लागि बाम एक हुनु पर्ने आवस्यकता थियो त्यो अहिले आएर पुरा भएकाले यसमा कोही कसैले संखा गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । यस्तै अर्का समानुपातीक तर्फकी उमेदवार गायत्री गुरुङले जातीय रुपमा र महिला अधिकारको क्षेत्रमा पछाडी पारिएका बर्गको समुन्नत बिकासका लागि बाम गठबन्धन भएकोमा जोड दिनुभयो ।
क्षेत्र नं ३ कास्कीमा बामगठबन्धनको घरदैलो कार्यक्रम जारी
पोखरा २ कार्तिक
बामगठबन्नधन अन्तर्रगत क्षेत्र नं ३ कास्कीका प्रतिनिधि सभाका प्रत्क्षय तर्फका उम्मेदवार जगत बिश्वर्कमा सहित बामगठबन्धनका साभmा उम्मेदबारहरु घरदैलोमा ब्यस्त छन् । शनिबार बिहान छोमरुङको अन्नपर्ण गाउपालिका वडा न ११ मा कोणसभा सम्पन्न भएको छ । बामगठबन्धन वडाका संंमयोजक गुञ्जमान गुरुडको अध्यक्षतामा भएको कोणसभामा बिश्वर्कमाले वडाबासीहरुलाई बाम गठबन्धनको बारेमा जानकारी गराउदै अहिलेको निर्वाचनमा सुर्य र गोलाकार हशिया हथौडामा मतदान निर्वाचित गराउन आग्रह गनुभयो ।
विश्वकर्माले यस क्षेत्रको पर्यटन प्रर्बद्र्धनका लागि बामगठबन्धनको सरकार आवस्यक रहेको बताउनुभयो । उक्त क्षेत्रमा पर्यटक बढाउनका लागि बाटो , पुलहरु बनाउन पहिलो प्राथमिकता दिईने विश्वकर्माको भनाई थियो ।
केण सभामा माओबादी केन्द्रका केन्द्रिय सदस्य धर्म गुरुड , एमाले राष्टिय परिषदका सदस्य लालकाजी गुरुड , प्रदेश ४ का सदस्य बुद्धिमान गुरुड लगाए

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     6:55:40 AM

Tara Chapagain

See all posts by