चाउथे निवासी भीमसेनले दृष्टिबिहीनलाई १ करोडको जग्गादान

पोखरा, २ मंसिर ,

पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गादान गरेका छन् । दृष्टिबिहीन भई अपाङ्गताभएकातथाअनाथ दृष्टिबिहीनहरुका लागि उनले जग्गा सहयोग गरेकाहुन् । पोखरा बिजयपुरमा रहेको ५ आना २ पैसा क्षेत्रफलको जग्गाशनिबार नेत्रहिन संघ कास्कीलाई हस्तान्तरण गरेकाहुन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङका अवसरमाउनले दृष्टिबिहीहरुको क्षमताअभिबृद्धि गर्ने उद्देश्यले जग्गासहयोग गरेकाहुन् ।तिमिल्सिनाले धर्मपत्नीबन्दना र छोरा बिराटको साथमाजग्गादान गरेकाहुन् ।असाहायबालबालिकाहरुको शिक्षादिक्षातथाउनीहरुलाई आत्मनिर्भर बनाउनजग्गादानगरेको तिमिल्सिनाले बताए ।

‘जग्गादानगर्नपाउँदानिकै खुसीलागेको छ,’ उनले भने । दृष्टिबिहीन बालबालिकाहरु तालिम लिदा तथाकुनै सिपसिक्दाभुईमा बसेको देखेर आफूहरु प्रभावितभएरउक्त सहयोग गर्ने निर्णय गरेको उनले बताए । लायन्स क्लबअफपोखरा चौतारीका सदस्य समेत रहेकाउनले लायन्सबाट सामाजिककामगर्ने प्रेरणा मिलेको बताए ।

कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्राप्तजग्गा सहयोगलाई सदुपयोग गरी आश्रयस्थलबनाउने बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको समन्वयमाजग्गा हस्तान्तरण गरिएको हो । डिष्ट्रिक्ट गभर्नर धनराजआचार्यले संघलाई जग्गाको लालपूर्जा हस्तान्तरण गरेका छन् । ‘भीमसेन जस्ता सहयोगीमनहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पु¥याएका छन्,’ आचार्यले भने।

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     6:33:07 AM

Tara Chapagain

See all posts by