सेफ किड्स मा स्वास्थ्थ परिक्षण

गणेश पहारी, पोखरा, १मंसिर:

पोखरा नयाँ बजारमा रहेको सेफ किड्स प्रि स्कूलमा अध्ययनरत बिधार्थीहरुको स्वास्थ्थ्य परिक्षण अन्तरगत शुक्रबार कान रोगको परिक्षण गरिएको छ । स्कूलको आयोजनामा विद्यालयमा अध्ययनरत बिधार्थीहरुको प्रत्येक महिना स्वास्थ्य परिक्षण गरिदै आएकोमा मंसिर महिनामा कान रोगको कानरोग विषेसज्ञ डाक्टरहरुको सहभागितामा कानको परिक्षण गरिएको प्रिन्सिपल नारायणी कोइरालाले जानकारी दिएकी छन । बिद्यालयले बिगतका महिनाहरुमा दन्त र आखा रोगहरुको परिक्षण गरिसकेको भन्दै, रोगहरुको बारेमा बच्चाहरुलाई प्रत्यक्ष डाक्कटरहरु सगँ भेट गराए स्वास्थ्य परिक्षण गराउदै आएको बताउदै आफुले सामाजिक उत्तरदायित्व अन्र्तरगत यस्ता कार्यक्रमको थालनी गरेको उनले बताएकी छन ।


पोखरा महानगर पालिनका वडा न ५ जिरो किलो मिटरमा मा अबस्थित रिजनल हस्पिटल प्रा लिका नाक कान घाटी रोग बिषेसज्ञ डा.आकाशमणि अधिकारीको प्राविधिक सहितको स्वास्थ्य टोलीकोले विद्यालयमा अध्ययनरत छात्रा र छात्रा गरि करिब ४२ जनाको कान रोगको परिक्षण गरेको थियो ।


कार्यक्रममा डा.अधिकारीले यस्ता कार्यक्रमहरु विभिन्न बिद्यालयमा हुनु पर्ने भन्दै, हामीहरुले बच्चाहरुकोकान अनाबश्यक बस्तुले कान सफा गर्ने नहुने बताए । उनले कानको कानगुज्जीलाई सफा रुमाले गर्नु पर्ने बताउदै कानमा रहेको कानागुज्जीले कानलाई सुख्खाहुन बाट बचाउने र कानगुज्जीको गन्धले किटाणुहरुलाई कानमा प्रवेश गर्ने रोक्ने हुनाले कानलाई डाक्टरको सल्लाह अनुसार सफा गर्ने सुझाब दिएका थिए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४     4:32:25 PM

Ganesh Pahari

See all posts by