‘करण’लाई तमु धीँ अध्यक्ष र शताब्दी पुरुषद्वारा जितको शुभकामना

पोखरा, ३० कात्तिक

तमु धीँ नेपालकी अध्यक्ष कर्मा तमुले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’लाई जितको शुभकामना दिएकी छन् । कास्की २ को प्रदेश क्षेत्र नम्बर २ अन्तर्गत दीपमा घरदैलो गर्ने क्रममा तमु धीँ अध्यक्ष गुरुङको घरमा पुगेका उम्मेद्वार ‘करण’लाई उनले शीरमा हात राख्दै जितको शुभकामना दिएकी हुन् ।

अध्यक्ष गुरुङले ‘करण’लाई आदिवासी जनजातिको साझा उम्मेद्वार भन्दै अगाडि थपिन्,‘तपाईं आदिवासी जनजाति तथा उत्पीडित समुदायको प्रतिनीधि हो र शान पनि, जितको शुभकामना छ, हामी पनि जिताउन लागि पर्छौं ।’ अध्यक्ष गुरुङले बाम गठबन्धन अहिलेको आवश्यक्ता भएको बताईन् । उनले भनिन्,‘हामीले पहिलेदेखी नै बाम एकता गर्नुपर्छ भन्दै आएका थियौं, बल्ल भएको छ, अब बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्छ ।’ उनले करण जस्तो जोशिलो युवा उम्मेद्वार पाउनु भाग्य र खुशीको कुरा भएको बताईन् ।

यसैबीच, ‘करण’लाई शताब्दी पुरुष क्याप्टेन भक्तसिंह पुनले पनि आशिर्वादसहित जितको शुभकामना दिएका छन् । मलायामा युद्ध लडेका भूतपूर्व व्रिटिस सेनाका पूर्व क्याप्टेन दीप निवासी १०१ वर्षिय पुनले टिभीमा देखेको र रेडियोमा आवाज सुनेको ‘करण’लाई भोट दिएर जिताउने प्रतिबद्धता समेत जनाए । सो अवसरमा उम्मेद्वार गुरुङले आफूले जितेपछि बृद्धबृद्धाहरुलाई सम्माजनक र सहज रुपले जिउने वातावरण निर्माणका लागि भूमिका खेल्दै गाउँ, टोल र बस्ती÷बस्तीमा विकासको लहर ल्याउने बताए । ‘करण’ले विहीबार दीप र अमरदीपमा संयौं नेता कार्यकर्ता लिएर दिनभर घरदैलो गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ३०, २०७४     10:21:56 PM

Tara Chapagain

See all posts by