कात्तिक २९
गण्डकी विकास बैकको मोरङ्ग जिल्ला स्थित बिराटनगर शाखाको औपचारिक उदघाटन भएको छ । बिराटनगर महानगरपालिकाका मेयर श्री भिम पराजूलीले शाखाको उद्घाटन गर्देै पराजुलीले बैक परिवार प्रति वधाई ज्ञापन गर्दै सफलताको शूभकामना व्यक्त गर्नू भयो । बैकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको वताउनु भयो ।
वैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले वैकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा जानकारी गराउनु भएको थियो । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम ,एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैकले निकट भविश्यमा काठमाडौंको नयां बानेश्वर,रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी भैरहेको छ ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम ,एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।