आज ओली र दाहालको संयुक्त पत्रकार सम्मेलन : चुनावी प्रचार, आचारसंहिता उलंघन, पार्टी एकता र चुनावी तालमेलबारेको जिज्ञासा मेटने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त रुपमा बिशेष पत्रकार सम्मेलन आयोजना गर्नुहुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा अध्यक्षद्वय ओली र दाहाललाई एक साथ राखेर बिशेष पत्रकार सम्मेलन आयोजना गरेको हो ।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक साथ राखेर आज पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको छ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले यस्को संयोजन गरेको छ,’ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले भन्नुभयो ।

नेता रिमालका अनुसार अध्यक्षद्वय ओली र दाहालले हालसम्मको चुनावी प्रचार, सरकारबाट भइरहेको आचारसंहिता बिपरितका कामलगायत पार्टी एकता र चुनावी तालमेलबारे सञ्चार क्षेत्रमार्फत आम जनताको जिज्ञासा मेटनु हुनेछ । रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपालले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     1:40:27 PM

Tara Chapagain

See all posts by